• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार

images

प्रभाव न्यूज

२५ आश्विन २०८०
  • 27.6K
    SHARES
  • images
    भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार
    images
    images
    images

    बारा– भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

    images

    भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए।

    सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरि जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो।गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरि ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए।

    बालिकाहरूको फोटो सहित प्राप्त सुचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेका थिए।

    images

    प्रहरीको विषेश टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरु फेला परेका हुन्।

    images

    बालिकाहरूलाई भारत लैजान खोज्ने भारतीय युवक पक्राउ गरी उनीमाथि अनुसन्धान कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

    images
    images

    प्रकाशित :आश्विन २५, २०८० बिहिवार - २१:०५:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij