• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अफगानिस्तानमा भूकम्प : एक हजारभन्दा बढीको मृत्यु भएको आशंका

अफगानिस्तानमा भूकम्प : एक हजारभन्दा बढीको मृत्यु भएको आशंका

images

प्रभाव न्यूज

२२ आश्विन २०८०
  • 12.8K
    SHARES
  • images
    अफगानिस्तानमा भूकम्प :  एक हजारभन्दा बढीको मृत्यु भएको आशंका
    images
    images
    images

    काबुल - अफगानिस्तानमा आपतकालीन टोलीहरू देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन्।

    images

    शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी हेरात प्रान्तका गाउँहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

    सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण उद्धारकर्मीहरू दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन्। सयौं घाइते पनि भएका छन् ।

    संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूले आपतकालीन आपूर्तिमा पुर्‍याउन थालेका छन्।शनिबार स्थानीय समय अनुसार राति ११:३० बजे हेरात सहरबाट ४० किलोमिटर उत्तर-पश्चिममा भूकम्प गएको थियो।

    images

    सबैभन्दा नराम्ररी प्रभावित माटोका संरचनाहरू छन्। "पहिलो झट्कामा सबै घरहरू ध्वस्त भए," हेरातका बासिर अहमदले एएफपी समाचार एजेन्सीलाई भने। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तीमा ४६५ घर भत्किएको बताएको छ ।

    images

    मृतकको यकिन तथ्याङ्क अझै आइसकेको छैन ।

    अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मानवीय मामिला कार्यालयले एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र करिब ५०० अझै बेपत्ता रहेको बताएको छ ।

    यसअघि आइतबार तालिबान सरकारले दुई हजार मानिस मारिएको वा घाइते भएको बताएको थियो।- एजेन्सी

    images
    images

    प्रकाशित :आश्विन २२, २०८० सोमवार - १०:०७:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij