• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, (मृतकको नामावली सहित)

इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, (मृतकको नामावली सहित)

images

प्रभाव न्यूज

२१ आश्विन २०८०
  • 73.3K
    SHARES
  • images
    इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि, (मृतकको नामावली सहित)
    images
    images
    images

    काठमाडौं - आतंकवादी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको पुष्टि भएको छ।

    images

    एनआरएनए इजरायलयका अध्यक्ष श्रीकृष्ण भण्डारीले पनि १० जना नेपालीको मृत्यु भएको पुष्टि गरे।

    उनले पनि १० जना नेपालीको मृत्यु भएको, दुई जना सुरक्षित अवस्थामा रहेको, चारजना अस्पतालमा उपचाररत र एकजनाको अवस्था अझै अज्ञात रहेको जानकारी दिए।

    परराष्ट्र मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार १० जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ। “करिब १० जनाको ज्यान गएको सूचना प्राप्त भएको छ,” मन्त्रालय स्रोतले भन्यो, “मृतकको शव संकलनको काम भइरहेको छ।”

    images

    उनीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका हुन्। ज्यान गुमाउनेमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने, कैलालीको बौनियाका आशिष चौधरी, दार्चुलाको लेकम गाँउपालिका–५ का दिपेश विष्ट, बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपाली, डोटीको पचनलीका राजन फुलारा, डोटीकै लामिखालका पदम थापा रहेका छन्।

    images

    यसैगरी सल्यानको सारदा–३ का प्रवेश भण्डारी, धनुषाको सपहीका आनन्द साह, सुनसरीको मधुवनका राजेशकुमार स्वर्णकारको ज्यान गएको छ। शनिबार हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परेर उनीहरूको ज्यान गएको हो।

    images
    images

    प्रकाशित :आश्विन २१, २०८० आइतवार - २०:४३:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij