• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सासूको हत्या आरोपमा बुहारीलाई पक्राउ

सासूको हत्या आरोपमा बुहारीलाई पक्राउ

images

प्रभाव न्यूज

२१ आश्विन २०८०
  • 12.2K
    SHARES
  • images
    सासूको हत्या आरोपमा बुहारीलाई  पक्राउ
    images
    images
    images

    सल्यान - सल्यानमा सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।

    images

    सासूको हत्याको आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो। गत असोज १८ गते बिहान घरभित्रै भकारीमा मृत अवस्थामा फेला परेकी सल्यान सिद्धकुमाख गाउँपालिका–४ खार्वनकी ४९ वर्षीया गणेशी रोकाको बुहारीले हत्या गरेको प्रहरीले जनाएको छ।

    घरभित्रै भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टमार्टम रिपोर्टमा समेत हत्या भएको खुलेपछि शर्मिलालाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए। शर्मिलालाई अहिले हिरासतमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरिएको कार्कीले जानकारी दिए।

    पोष्टमार्टम रिपोर्टमा मृतकको टाउको र छातीमा चोट लाग्नुका साथै घाँटीमा नीलडाम देखिएको उनको भनाइ छ। शर्मिलाको गत वैशाखमा मात्र गणेशीका छोरा २१ वर्षीय अमरसँग बिहे गरेकी थिइन्। शर्मिलाले सासूले दैनिकजसो गाली गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्विकारेको प्रहरीको भनाइ छ।

    images

    उनले आफूले मारेर कसैले थाहा नपाओस् भनी भकारीमा लुकाएको स्विकारेको प्रहरीले जनाएको छ।

    images

    १५ गतेदेखि आमा हराएको भन्दै गणेशीका छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा भकारीमा १८ गते बिहान शव फेला परेको थियो। १५ गते नै शर्मिलाले सासुको हत्या गरेको प्रहरीले जनाएको छ।

    images
    images

    प्रकाशित :आश्विन २१, २०८० आइतवार - १६:५२:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij