• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


इजरायल पुगेकी यी बलिउड अभिनेत्री सम्पर्कविहीन- उनले खेलेको फ्लिमको कहानीजस्तै भयो जिन्दगी

इजरायल पुगेकी यी बलिउड अभिनेत्री सम्पर्कविहीन- उनले खेलेको फ्लिमको कहानीजस्तै भयो जिन्दगी

images

प्रभाव न्यूज

२१ आश्विन २०८०
  • 17.6K
    SHARES
  • images
    इजरायल पुगेकी यी बलिउड अभिनेत्री सम्पर्कविहीन- उनले खेलेको फ्लिमको कहानीजस्तै भयो जिन्दगी
    images
    images
    images

    काठमाडौँ - इजरायल पुगेकी एक बलिउड अभिनेत्री शनिबारदेखि सम्पर्कविहीन भएकी छन् ।

    images

    हमास र इजरायलबिचको पछिल्लो संघर्षका कारण त्यहाँको अवस्था असामान्य बनेसँगै उनी सम्पर्कविहीन भएकी हुन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेत्री नुसरत भरुचा इजरायलमा ‘हाइफा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुन गएकी थिइन् ।

    उनको टिमकै एक सदस्यले उनी सम्पर्कविहीन भएको जानकारी दिएका हुन् । सुरक्षा उपायका दृष्टिकोणले थप विवरण सार्वजनिक गरिएको छैन । यद्यपि, उनीसँग अन्तिम पटक सम्पर्क हुँदा एक बेसमेन्टमा सुरक्षित रहेको जानकारी आएको तर त्यसपछि भने कुनै सम्पर्क नभएको उनको टिमका सदस्यको भनाइ छ ।

    images

    ‘अकेली’ फिल्ममा यस्तै परिस्थिति

    images

    झेलेको युवतीको भूमिकामा थिइन् नुसरत गत अगस्ट महिनामा नुसरत अभिनित फिल्म ‘अकेली’ प्रदर्शनमा आएको थियो ।

    नुसरतले इन्स्टाग्राममा आफ्ना प्रशंसकका लागि एउटा भिडियो पोस्ट गर्दै लेखेकी थिइन्, ‘अकेली– जीवनको रक्षाका लागि एक साधारण युवतीको लडाइँ ।’ उक्त फिल्ममा एक भारतीय युवतीको संघर्ष देखाइएको छ जो युद्धग्रस्त इराकमा एक्लै फस्छिन् ।

    विभिन्न बाधा–व्यवधानका बाबजुद बाँच्नका लागि ती युवतीले संघर्ष गरेको कथामा आधारित चलचित्र हो – अकेली ।

    images
    images

    प्रकाशित :आश्विन २१, २०८० आइतवार - १०:२१:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij