• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हमासको आक्रणमा २५० जना इजरायलीको मृत्यु, एक हजारभन्दा बढी घाइते

हमासको आक्रणमा २५० जना इजरायलीको मृत्यु, एक हजारभन्दा बढी घाइते

images

प्रभाव न्यूज

२१ आश्विन २०८०
  • 8.9K
    SHARES
  • images
    हमासको आक्रणमा २५० जना इजरायलीको मृत्यु, एक हजारभन्दा बढी घाइते
    images
    images
    images

    काठमाडौं - प्यालेस्टाइनको चरमपन्थी समूह हमासको आक्रमणमा परी २५० जना इजरायली नागरिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार हमासको आक्रमणमा परी एक हजारभन्दा बढी इजरायली घाइते भएका छन् । हमासले शनिबार विहान अचानक इजरायली भू–भागमा आक्रमण गरेको थियो ।

    images

    हमासले २० मिनेटमा ५ हजारभन्दा बढी रकेट इजरायलमा प्रहार गरेको थियो । रकेट आक्रमणसँगै हमासका लडाकूहरु हतियारसहित इजरायली भूमिमा प्रवेश गरेका थिए । बीबीसीका अनुसार हमास र इजयरायली सेनाबीच हाल २२ ठाउँमा भिडन्त भइरहेको छ ।

    हमासले केही इजरायली सेनालाई पक्राउ गरि बन्दी बनाएको दाबी समेत गरेको छ । इजरायलको सेनाले पनि उक्त दाबीलाई स्वीकार गरेको छ तर कति सेना हमासको कब्जामा छन् भन्ने खुलाएको छैन ।

    इजरायलले गरेको जवाफी आक्रमणमा २३० जना प्यालेस्टाइन नागरिकको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

    images

    एक हजारभन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् । हमासको आक्रमणमा परी इजरायलमा एक फार्ममा काम गर्ने १४ मध्ये ९ जना नेपाली घाइते भएका छन् ।

    images

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images

    प्रकाशित :आश्विन २१, २०८० आइतवार - ०९:०१:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij