• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


माछापुच्छ्रे बैंक २४ औं वर्षमा, ग्राहकलाई प्रत्येक दिन ५०० रुपैयाँ क्यासब्याकसहितका अफर

माछापुच्छ्रे बैंक २४ औं वर्षमा, ग्राहकलाई प्रत्येक दिन ५०० रुपैयाँ क्यासब्याकसहितका अफर

images

प्रभाव न्यूज

१७ आश्विन २०८०
  • 24.0K
    SHARES
  • images
    माछापुच्छ्रे बैंक २४ औं वर्षमा, ग्राहकलाई प्रत्येक दिन ५०० रुपैयाँ क्यासब्याकसहितका अफर
    images
    images
    images

    काठमाडौं- माछापुच्छ्रे बैंक २४ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले क्यासब्याक र विभिन्न आकर्षक अफर ल्याएको छ।

    images

    आफूले प्रदान गर्दै आएको डिजिटल सेवाबाट ग्राहकले क्यासब्याक र आकर्षक अफरको लाभ लिन सक्ने बैंकले जनाएको छ।

    डिजिटल भुक्तानीमा ग्राहकले निशुल्क इन्टरनेट प्याकेजका साथै सामसङ ट्याब्लेट र प्रत्येक दिन ५०० रुपैयाँ क्यासब्याक पाउने छन्। बैंकका अनुसार यो अफर असोज ३० गतेसम्म लागू हुने छ।

    आफ्ना ग्राहकले दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २३ प्रतिशतसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ।

    images

    बैंकले विभिन्न क्यूआर र मर्चेन्टबाट वस्तु तथा सेवाको भुक्तानी गर्दा पनि २३ प्रतिशतसम्म छुट र क्यासब्याक पाउने छन्।

    images

    असोज १ गते सुरु भएको यो अफर भने असोज १७ गतेसम्मका लागि हो।

    बैंकले आफ्नो २३ औं वार्षिकोत्सवका अवसरमा एक कार्यक्रम गरी २० वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका कर्मचारीलाई सम्मान गरेको छ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले माछापुच्छ्रेलाई स्मार्ट बैंकको रुपमा स्थापित गर्न सफल भएको बताए।

    उनले आगामी दिनमा सेवामा अझै सुधार गर्ने प्रतिबद्धता जनाए।

    pic 1.jpg

    images
    images

    प्रकाशित :आश्विन १७, २०८० बुधवार - २२:२२:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij