• शुक्रवार, कार्तिक २१ गते २०८३

TRENDING :

Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते


सडकमै सुते राहत शिक्षक

सडकमै सुते राहत शिक्षक

images

प्रभाव न्यूज

८ आश्विन २०८०
  • 12.3K
    SHARES
  • images
    सडकमै सुते राहत शिक्षक
    images
    images
    images

    काठमाडौं- आन्दोलनरत राहत शिक्षकहरूले आज सडकमा लम्पसार परेर विराेध प्रदर्शन गरेका छन्।

    images

    सरकारले आफ्न माग सम्बाेधन नगरेको भन्दै उनीहरूले आज बबरमहल-माइतीघर सडकमा सुतेर विरोध जनाएका हुन्।

    आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज सडकमै लम्पसार सुतेर आन्दोलन गरेका हुन्। राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाएकाे बताए ।

    गत असोज ७ गते शिक्षासम्बन्धी विधेयकलाई लिएर आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सहमति भएपछि महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो।

    images

    तर, सरकार र शिक्षक महासंघबीच भएको सहमतिमा आफ्ना माग नसमेटिएको भन्दै राहत शिक्षकहरुले काठमाण्डौं केन्द्रीत प्रदर्शन जारी राखेका छन्।

    images

    राहत शिक्षकसंगै साविक उच्च मावि, अस्थायी, करार, प्राविधिकधार लगायत ९ वटा घटक संघर्षमा होमिएका छन्। राहत शिक्षक केन्द्रीय समितिका महासचिव कुमार बजगाईंले आमरण अनसन समेत बस्ने तयारी भइरहेको बताएका छन्।

    उनीहरुले ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् ।

    images
    images

    प्रकाशित :आश्विन ८, २०८० सोमवार - १९:३६:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij