खोटाङ - विद्युट सर्ट हुँदा खोटाङको केपीलासगढी गाउँपालिका–२ खार्ताम्छामा घर जलेको छ ।
स्थानीय ताप खोला लघु जलविद्युत आयोजनाको मिटरबक्समा विद्युट सर्ट हुँदा साविकको खाताम्छा–४ का भैराज राईको घर जलेको हो । सोमबार राती भएको आगलागीमा राईको करिब १० लाख बराबरको धनमाल नष्ट भएको खार्ताम्छाका वडाध्यक्ष बलिराज राईले बताए ।
आगलागीबाट घर जलेपछि राईको तीन बालबच्चा सहित पाँच जनाको परिवार सानो कटेरामा बसिरहेका छन् । ६९ किलोवाट क्षमताको जलविद्युत आयोजनाको विद्युट सर्ट हुँदा राईको घरमा राती १० बजे घरमा आगलागी भएको हो ।
आगलागीमा घर र घरमा भएका सबै थोक जलेर नष्ट भएको छ ।