• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


वेवारिशे ब्यक्तिको पालन पोषणका लागि गाईघाटमा सुरु भयो ‘साझा सेवा घर’

वेवारिशे ब्यक्तिको पालन पोषणका लागि गाईघाटमा सुरु भयो ‘साझा सेवा घर’

images

प्रभाव न्यूज

८ आश्विन २०८०
  • 14.8K
    SHARES
  • images
    वेवारिशे ब्यक्तिको पालन पोषणका लागि गाईघाटमा सुरु भयो ‘साझा सेवा घर’
    images
    images
    images

    गाईघाट– विभिन्न कारणले घरवारविहिन भएका ब्यक्तिहरुलाई उद्वार गरी उचित पालनपोषण गर्ने उदेश्यले उदयपुरको गाईघाटमा साझा सेवा घर सञ्चालनमा आएको छ।

    images

    त्रियुगा नगरपालिकाका मेयर बसन्त वस्नेतले सोमवार सेवा घरको उद्घाटन गरेका छन्। सेवा घरबाट अशक्त, अनाथ, अपाङ्ग, मनोरोगी एवं वेवारिसे ब्यक्तिको उद्वार गरी मानवीय सेवा गरिने गीता खड्काले वताईन।

    सेवा घरमा हाल ३ जना बालबालिकालाई संरक्षण गरिएको छ। सेवा घरमा उचित पालन पोषण, शिक्षा, उपचार र आवश्यक शिप मुलक तालिमको पनि ब्यवस्था गरिने भएकाले त्यस्ता ब्यक्तिलाई भविष्यमा परिवारमा पुनःस्थापित गर्न पनि सकिने खड्काको भनाई छ।

    सेवा घरको हाल आफनो भवन नभएकाले निकट भविष्यमै भवन निर्माण गरी अभियानलाई थप सशक्त वनाईने खड्काले वताईन। उनका अनुसार सेवा घरका लागि त्रियुगा नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

    images

    यसका साथै सेवा घरमा आश्रय लिनेहरुको शिक्षा तथा स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने मेयर वस्नेतले वताए। उमेर अनुसार घरपरिवार विहीनहरुलाई सीपमुलक तालिम दिई आत्मनिर्भर बनाइने काम पनि नगरपालिकाले गर्ने वस्नेतको भनाई छ।

    images

    खाने बस्ने ब्यवस्था भने ‘द व्याक टु लाइफ ईभी’ नामक संस्थाले गर्ने जनाईएको छ

    images
    images

    प्रकाशित :आश्विन ८, २०८० सोमवार - १८:३६:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij