• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सबैभन्दा छोटो दिक्तेल र बुईपा सडकमा बस सेवा सुरु

सबैभन्दा छोटो दिक्तेल र बुईपा सडकमा बस सेवा सुरु

images

प्रभाव न्यूज

१३ बैशाख २०७८
  • 17.8K
    SHARES
  • images
    सबैभन्दा छोटो दिक्तेल र बुईपा सडकमा बस सेवा सुरु
    images
    images
    images

    खोटाङ - खोटाङको दिक्तेलबाट बुईपा पुग्ने दोश्रो तथा छोटो सडकमा बस सेवा सुरु गरिएको छ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कबाट बाम्राङ–डल्लेदोभान–दम्कु हुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा पुग्ने दोश्रो तथा छोटो बाटोमा वस सेवा सुरु गरिएको हो।

    आइतबार रत्नपार्कमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले रिवन काटेर रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा–गाईघाट बस उद्घाटन गरेका छन्।

    हालसम्म दिक्तेलबाट नुनथला–महुरे–बुईपा हुँदै उदयपुरको गाईघाट आवत–जावत गर्ने गरिएकामा अव दिक्तेलबाट सिधै बाम्राङ हुँदै बुईपा पुगेर गाईघाट पुग्न सकिने वातावरण बनेको छ। बाम्राङ र बुईपाका स्थानीयको मागका आधारमा यातायात व्यवसायीसँग सहकार्य गरेर रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा बस सेवा सुरु गरिएको बाम्राङका वडाध्यक्ष ललित राईले बताए।

    images

    बाम्राङ र बुईपातर्फबाट सडक जोडिएको केही समयपछि रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा बस हिँडाइएको हो। नगरपालिकाको सहयोगमा जेसिभि लगाएर सडकको चौडाई बढाएर सवारी साधन सञ्चालनमा ल्याइएको हो। रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडकमा पहिलोपल्ट बस तथा जीप गुड्दा स्थानीय हर्षित बनेका छन्।

    images

    दिक्तेलको रत्नपार्कबाट दैनिक दिउँसो ४ वजे बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा हुंदै गाईघाटका लागि बस छुटाउने तयारी गरेको यातायात व्यवसायीले बताएका छन्। दिक्तेलबाट नुनथला–महुरे हुँदै बुईपा पुग्नुभन्दा दिक्तेलबाट बाम्राङ हुँदै बुईपा पुग्नु छोटो दुरी पर्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए।

    हालसम्म दिक्तेलबाट नुनथला–महुरे हुँदै हलेसी तुवाचुङ नगरपालिकाको विजुले पुग्ने गरिएकामा दिक्तेलबाट बाम्राङ–बुईपा हुँदै विजुले पुग्ने दोश्रो बाटो पनि खुलेको छ।

    तत्कालिन संविधानसभा सदस्य पाँचकर्ण राईले आफ्नो निर्वाचन क्षेत्रमा छान्नु पर्ने एक मात्र सडक योजनाका रुपमा रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक निर्माण योजनालाई छानेका थिए। यद्यपी, ठेकेदारको लापरवाहीका कारण सडकको काम पुरा नहुँदै विचैमा अलपत्र परेको थियो।

    आगामी दिनमा दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक स्तरोन्नतीका लागि विभिन्न निकाय समक्ष पहल गर्ने मेयर रिजालले प्रतिवद्धता जनाएका छन्। यस्तै, दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा सडक खण्डमा पर्ने डल्लेदोभानमा मोटरेबल पुल निर्माणका लागि नगरपालिकाले डिपिआर तयार पारिसकेको जनाएको छ।

    ‘यही सडकमा पर्ने डल्लेखोलामा पुल बनाउनका लागि डिपिआर तयार पारिसकिएको छ,’ मेयर रिजालले भने, ‘३ करोड ८८ लाखन्दा बढिको लागत स्टीमेट आएको छ।

    सम्भवतः आगामी आर्थिक वर्ष मोटरेवल पुलको टेण्डर हुनेछ।’ वस उद्घाटनपछि कार्यक्रमका अतिथि, आयोजक तथा स्थानीय लगायतलाई दुई वटा बस तथा जीपमा रत्नपार्कदेखि बुईपा आवत–जावत गराइएकोे थियो।

    images
    images

    प्रकाशित :बैशाख १३, २०७८ सोमवार - १७:५३:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij