• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रशासनद्वारा खोटाङका हाटबजार बन्द

प्रशासनद्वारा खोटाङका हाटबजार बन्द

images

प्रभाव न्यूज

१३ बैशाख २०७८
  • 20.8K
    SHARES
  • images
    प्रशासनद्वारा खोटाङका हाटबजार बन्द
    images
    images
    images

    खोटाङ- जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न ठाउँमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ।

    images

    हाटबजारमा भीडभाड बढ्दा कोरोना संक्रमणको जोखिम बढ्ने संभावना रहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकको निर्णय अनुशार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराउने निर्णय गरेको हो।

    कोभिड-१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराउने निर्णय गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए।

    देशमा दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भिडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो। जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुईपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानी लगायतका ठाउँमा साप्ताहिकरुपमा हाटबजार लाग्ने गरेको छ।

    images

    सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गरेको वा अनावश्यक भिडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुशार कारबाही गर्ने व्यवस्था छ।

    images

    images
    images

    प्रकाशित :बैशाख १३, २०७८ सोमवार - १३:५०:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij