• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


इभी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विशेष योजना

इभी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विशेष योजना

images

प्रभाव न्यूज

२५ भाद्र २०८०
  • 18.9K
    SHARES
  • images
    इभी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकले ल्यायो विशेष योजना
    images
    images
    images

    काठमाडौं- आगमी चाडपर्वलाई लक्षित गर्दै राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय गाडी खरिदका लागि विशेष योजना ल्याएको छ। राष्ट्रिय वाणिज्य बैंकले इभी किन्न ९.९५ प्रतिशतमा ऋण लिने योजना ल्याएको हो।

    images

    सरकारले इभीलाई प्रोत्साहित गर्ने नीति लिएका कारण सरकारी स्वामित्वको बैंक भएकोले सस्तो ब्याजदरमा ऋण दिने योजना ल्याएको बैंकले जानकारी दिएको छ।

    पेट्रोलियम पदार्थको आयातमा हुने खर्च घटाउन र विद्युतको खपत बढाउन इभीलाई प्रोत्साहित गर्ने सरकारी नीति छ।

    लक्ष्य प्राप्तिका लागि सहयोग गर्न भन्दै बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ नामको योजना ल्याएको हो। बैंकको यो योजना भदौ २६ देखि लागू हुनेछ।

    images

    यो योजना अनुसार इभी खरिद गर्न ग्राहकले १ करोड रुपैयाँसम्म ऋण पाउने छन्। बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र ऋण लिइ सक्नु पर्नेछ। यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ।

    images

    बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधीभित्र कर्जा लिइसक्नुपर्ने बताएको छ।

    images
    images

    प्रकाशित :भाद्र २५, २०८० सोमवार - २०:१७:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij