• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हाटखोलाको खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिँदै

हाटखोलाको खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिँदै

images

प्रभाव न्यूज

१७ भाद्र २०८०
  • 13.0K
    SHARES
  • images
    हाटखोलाको खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिँदै
    images
    images
    images

    विराटनगर - विराटनगर–८ स्थित हाटखोला खेल मैदान पश्चिममा अवस्थित खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिएको छ ।

    images

    व्यायामशाला परिसरमा वृक्षारोपण र फूल रोपेर आकर्षक बनाउने गरी काम भइरहेको छ ।

    जसअन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरी व्यायामशाला परिसरमा मौसमी फूल, साना विरुवा रोपिएको ८ नम्बर वडाका अध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो ।

    नेपाल सरकार स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोग स्थापना गरिएको खुल्ला व्यायामशालालाई आकर्षक र सुन्दर बनाउन फूल रोपिएको वडाध्यक्ष पोखरेलले बताउनुभयो ।

    images

    कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, ७ नम्बर वडाका अध्यक्ष मधुबाबु तिवारी, ८ नम्बर वडाका अध्यक्ष राम पोखरेल, वडासदस्य भुवन राजवंशी, मोहम्मद आवासलगायतले वृक्षारोपण गर्नुभएको थियो ।

    images

    सो गार्डेनको संरक्षण बुद्धमिलन वाचनालयले गर्ने अध्यक्ष उज्वल प्रसाईंले बताउनुभयो ।

    बिजुली बत्ती लगाएर सौन्दर्यकरण गर्दा लामो समय नटिक्ने भएका कारण थोरै खर्चले खुल्ला व्यायामशालालाई आकर्षक बनाउने वडाध्यक्ष पोखरेलले बताउनुभयो ।

    images
    images

    प्रकाशित :भाद्र १७, २०८० आइतवार - २१:००:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij