• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


छत्रकुमार बजिमयले त्रिपन्नौँ पटक गरे रक्तदान

छत्रकुमार बजिमयले त्रिपन्नौँ पटक गरे रक्तदान

images

प्रभाव न्यूज

१७ भाद्र २०८०
  • 6.5K
    SHARES
  • images
    छत्रकुमार बजिमयले त्रिपन्नौँ पटक गरे रक्तदान
    images
    images
    images

    खोटाङ– नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार फेमिली केयर अस्पताल दिक्तेलमा उपचाररत १७ वर्षीया कविता राईलाई एक पाउण्ड रगत दान गरका छन्।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शंखधर साख्वाचोकका ५२ वर्षीय मन्त्री बजिमयले रक्तदान ५३ औँ पटक रक्तदान गरेका हुन्। सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविताकालाई बजियमले एक पाउण्ड रगत प्रदान गेका हुन्।

    महिना नपुगी (गर्भवती भएको छ महिनामा) सुत्केरी भएकी कविताको अवस्था अहिले सामान्य बन्दै गएको अस्पतालका प्रमुख डा. कृष्णकुमार राई ‘केके’ले जानकारी दिए। मन्त्री बजिमयले पहिलो पटक ३० वर्षको उमेरमा रक्तदान गरेका थिए।

    सत्र वर्षअघि रेडक्रसका आजीवन सदस्य बनेका मन्त्री बजियमयले वि.सं. २०६० सालमा पहिलो पटक साबिक टेम्मा गाविस हाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी शारदा मगर (राई)लाई रक्तदान गरेका थिए।

    images

    उसबेला रक्तदान गर्न अस्पताल पुग्दा स्वास्थ्यकर्मीले नै विभिन्न डर, त्रास तथा भ्रम सिर्जना गर्ने गरेको मन्त्री बजिमयले स्मरण गरे। “टेम्माकी शारदा मगर (दिदी) अधिक रक्तश्राव भएर अस्पताल आउनुभएको रहेछ ।

    images

    धामी/झाँक्री लगाउँदै गाउँमै बस्नुभएकी उहाँ (शारदा मगर)लाई रगत दिनुपर्ने भयो”, उनले भने“अन्तिम अवस्थामा पुग्नुभएकी उहाँलाई रक्तदान गर्न जाँदा स्वास्थ्यकर्मीले नै नदिन आग्रह गरेका थिए। ‘रक्तदान, जीवनदान’ भन्ने नारा सम्झेर मैले उहाँलाई दिएँ! अहिलेसम्म उहाँ जीवित हुनुहुन्छ । ती दिदीले अहिले पनि बेला–बेला फोन गर्नुहुन्छ। उहाँका छोराछोरी मामा भन्दै भेट्न आउँछन्। यसैमा आनन्दित छु।”

    रेडक्रसमा दोस्रो कार्यकालका लागि मन्त्री चयन भएर काम गरिरहेका बजिमय कसैलाई रक्तदान गर्न पाउँदा आफूलाई सबैभन्दा आनन्दित महसुस हुने गरेको बताउँछन्। “मैले दिएको रगतले धेरैको ज्यान बँचेको छ। उहाँहरुले आफूलाई ठीक भइसकेपछि फोन तथा भेटेर धन्यवाद दिने गरेका छन्। यो नै सबैभन्दा बढी खुशीको क्षण लाग्छ मलाई!”, उनले भने। “रातको बाह्र/एक बजे उठेरसमेत रगत दिने गरेको छु।

    रक्तदान गर्नु आफ्नै लागिसमेत फाईदा हुँदो रहेछ। अहिलेसम्म मलाई कुनै रोग छैन।” जिल्लामा अहिले पनि अधिकांश मानिसहरु रक्तदान गर्न डराउने गरेको मन्त्री बजिमयले बताएका छन्।

    images
    images

    प्रकाशित :भाद्र १७, २०८० आइतवार - १९:३५:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij