• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बिना कारण खुट्टा हल्लाउने बानी छ ? तपाईं धेरै बाँच्ने सम्भावना छ

बिना कारण खुट्टा हल्लाउने बानी छ ? तपाईं धेरै बाँच्ने सम्भावना छ

images

प्रभाव न्यूज

१६ भाद्र २०८०
  • 18.4K
    SHARES
  • images
    बिना कारण खुट्टा हल्लाउने बानी छ ? तपाईं धेरै बाँच्ने सम्भावना छ
    images
    images
    images

    प्रायः तपाईंले देख्नुभएको होला कि मानिसहरू बेचैन हुँदा खुट्टा हल्लाउन थाल्छन्, टेबल ठटाउन थाल्छन् वा हिँड्न डुल्न थाल्छन् । जब हामी बच्चा थियौँ, हामीमध्ये निकै कमले बसिरहेका बेला खुट्टा हल्लाउँदा, कुर्सीमा बसेर हल्लिरहँदा, पेन्सिलको इरेजरलाई यत्तिकै कोतर्दा आमाबुवा वा आफन्तको गाली खाएका छैनौँ होला । किनभने यस्तो गर्दा हामी पढाई वा अन्य कुनै काममा ध्यान दिइरहेका छैनौँ भन्ने अर्थ लाग्थ्यो । हाम्रो स्वभावमा समस्या छ वा अरूको ध्यान आफूतर्फ तान्नका लागि यस्तो गरिरहेका छौँ भनेर पिन धेरैले सोच्ने गर्थे ।

    images

    यस्तो बानी अथवा व्यवहारलाई अङ्ग्रेजीमा फिजेटिङ भनिन्छ । फिजेटिङबारे पहिला जे जति धारणा थिए अब यसलाई फरक तरिकाले हेर्न आवश्यक छ किनभने फिजेटिङबारे भएको नयाँ अनुसन्धानले के पत्ता लाग्छ भने फिजेटिङ वा चञ्चलताले हामीलाई स्वस्थ तौल कायम राख्न, तनावलाई व्यवस्थापन गर्छ र सम्भवतः लामो समयसम्म जीवित राख्नमा मद्दत गर्न सक्छ । बीबीसीको कार्यक्रम द इन्फिनिटी मन्की केजको एक एपिसोडमा बोल्दै युनिभर्सिटी अफ लिड्समा कार्यरत पोषणविद् जेनेट केडले भनिन्, ‘तपाई एउटै ठाउँमा बस्नु भयो भने त्यो तपाईंका लागि राम्रो हुँदैन । तर बसिरहेका बेला बेचैन हुनुभयो भने पनि यसले तपाईंको स्वास्थ्यमा पर्ने खतरालाई कम गर्छ ।’ फिजेटिङ के हो ? फिजेटिङलाई सामान्यतया नर्भस र बेचैन भएको मानिन्छ, तर इप्सेन फाउन्डेसनका अध्यक्ष र मेयो क्लिनिकका मेडिसिनका प्राध्यापक जेम्स लेभिन भन्छन्,

    ‘यो शरीरको कुनै अङ्गको लयबद्ध क्रियाकलाप हो जुन तपाईंको मस्तिष्कद्वारा नियन्त्रित हुन्छ। ’ फोर्टिस हेल्थ केयरको राष्ट्रिय मानसिक स्वास्थ्य कार्यक्रमका अध्यक्ष डा. समीर पारिखको फरक मत छ । उनका अनुसार फिजेटिङलाई राम्रो नराम्रोको वर्गमा राख्नु गलत हो । बीबीसीसँग कुरा गर्दै उनले कतिपय अवस्थामा फिजेटिङले तपाईंको प्रदर्शन कम गर्छ र गल्ती गर्ने सम्भावना बढ्छ भनेर जानकारी दिएका छन् ।

    डा. पारिखका अनुसार यो शारीरिक रोगको लक्षण पनि हुन सक्छ । डा। पारिख भन्छन्, ‘केही मानिसका लागि फिजेटिङ फाइदाजनक पनि हुनसक्छ । तर यो आधारमा हामी कुनै साधारण धारणा बनाउन सक्दैनौँ कि फिजेटिङ तपाईंका लागि कुनै रोगको लक्षण हो वा तपाईंका लागि फाइदाजनक छ ।’ मुम्बईस्थित मनोरोग चिकित्सक डा. रुक्षिदा सैय्यदा पनि फिजेटिङ बारे भएको यो शोधसँग पूर्ण रूपमा सहमत छैनन् । बीबीसीसँगको कुराकानीमा उनले भनिन्, ‘जुन बालबालिकाले खेल्ने, कुद्ने समय पाउँदैनन् वा खेल्नका लागि पर्याप्त स्थान छैन भने उनीहरूको क्रियाकलाप फिजेटिङजस्तै हुनेछ ।’ उनका अनुसार फिजेटिङलाई धेरै भागमा विभाजन गर्न सकिन्छ । एउटा तपाईंको सामान्य बानी हुन सक्छ ।

    images

    तर तपाईं कुनै रोगको सिकार हुनसक्ने पनि सम्भावना छ र तपाईंको फिजेटिङ धेरै फलदायी पनि हुनसक्छ । त्यसैले फिजेटिङलाई लेबल गर्नु सही होइन ।मोटोपनासँग लडाइँ र फिजेटिङ सन् १९७५ देखि विश्वभर मोटो व्यक्तिको सङ्ख्या तीन गुणा बढेको छ । यसको एउटा कारण हाम्रो काम गर्ने तरिका हो । काम गर्ने बेला हामी घण्टौँसम्म कुर्सीमा बसिरहन्छौँ । यसो गर्दा हाम्रो शरीरको मेटाबोलिजम स्लो हुन्छ । यसले हाम्रो मेटाबोलिजमलाई स्लो बनाउँछ । साथै, हाम्रो शरीरको रक्तचाप र ब्लड सुगरलाई नियन्त्रित गर्ने क्षमतालाई प्रभावित पार्छ ।

    images

    जसले गर्दा हाम्रो शरीरमा रहेको बोसो घटाउन पनि बाधा पुग्छ ।’ तर फिजेटिङले हाम्रो तौल कम गर्न मद्दत गर्न सक्ने प्रमाण भेटिँदैन किनभने हामी एउटा स्थानमा बसिरहनुको साटो केही न केही गर्न प्रोत्साहन गर्छ । लेवाइनले एक अनुसन्धानमा अफिसमा काम गर्ने दुब्लो–पातलो मानिसमा बढी चञ्चलता देखिएको पाए । कार्यालयमा मोटो मानिसको तुलनामा दुब्लो–पातलो मानिस धेरै बेरसम्म उभिन्थे र हरेक दिन करिब दुई घण्टा आफ्नो ठाउँबाट उठेर यता–उता हिँड्थे । खुट्टा चलाउने जस्ता फिजेटिङको सामान्य उदाहरणले हामीलाई शरीरको अतिरिक्त क्यालोरी बर्न गर्न मद्दत गर्न सक्ने उनी बताउँछन् । एउटा सानो अध्ययनमा, २४ जनाको फिजेटिङका क्रियाकलापमा खर्च भएको ऊर्जाको मात्रा मापन गरिएको थियो । हलचल नगरी बस्ने मानिसको तुलनामा फिजेटिङ गर्ने मानिसले आफ्नो शरीरबाट २९ प्रतिशत बढी क्यालोरी बर्न गर्ने गरेको पाइएको छ ।

    यसबाट के पनि पाइयो भने फिजेटिङले शरीरको ऊर्जा सन्तुलन कायम राख्न मद्दत गर्दछ, तर यो आफूलाई फिट राख्न व्यायामको विकल्प भने होइन । तौल नियन्त्रण गर्नु बाहेक फिजेटिङका अन्य धेरै फाइदाहरू छन् । यो हाम्रो मस्तिष्कको लागि पनि लाभदायक हुन सक्छ ।

    डाक्टर सैय्यदाका अनुसार फिजेटिङले मोटोपना कम हुनसक्छ भनेर कुनै पनि डाक्टरले तपाईंलाई यस्तो सल्लाह दिँदैन । फिजेटिङ र शारीरिक व्यायाममा धेरै भिन्नता रहेको र फिजेटिङ वर्कआउटको विकल्प हुनै नसक्ने कुरामा हामीले शङ्का गर्न नहुने उनले बताए । के फिजेटिङले आयु लम्ब्याउँछ ? फिजेटिङले आयु लामो हुनसक्छ भन्ने कुराको कुनै प्रत्यक्ष प्रमाण फेला परेको छैन तर विशेषज्ञका अनुसार निरन्तरको तनावले हाम्रो जीवन भने छोट्याउँछ । विज्ञका अनुसार सधैँ स्थिर बसिराख्दा मुटु रोगको जोखिम दोब्बरले बढ्छ । यसले मधुमेह, मोटोपना, डिप्रेसन र चिन्ताको जोखिम पनि बढाउँछ । फिजेटिङले तपाईंलाई मद्दत गर्न सक्छ । फिजेटिङले हाम्रो तनाव स्तर कम गर्न मद्दत गर्न सक्छ ।

    एउटा अध्ययन गरिएको थियो जसमा ४२ जनालाई तनावपूर्ण अवस्थामा राखिएको थियो । उनीहरूलाई जागिरका लागि अन्तर्वार्ता दिनुपर्ने जस्तो स्थितिमा राखियो र त्यसपछि उनीहरूलाई दुई जना मानिसको अगाडि दिमाग लगाएर गर्नुपर्ने जोड घटाउ गर्न लगाइयो ।

    यो अध्ययन गर्ने अन्वेषकहरूले पत्ता लगाए कि जो मानिसहरू फिजेटिङको सिकार थिए अर्थात् जो मानिस यत्तिकै कन्याउँथे, आफ्नो ओठ टोक्थे वा बारम्बार आफ्नो अनुहारलाई छुन्थे, उनीहरूलाई यो काम कम तनावपूर्ण लागेको थियो । फिजेटिङले लामो समयसम्म बस्दा शरीरमा हुने खतराहरूलाई कम गर्न पनि मद्दत गर्छ । अनुसन्धानले पत्ता लगाएको छ कि बसिरहेका बेला खुट्टा हलाउने बानीले तपाईंको खुट्टाको धमनीलाई जोगाउँछ र धमनी रोगबाट बच्न मद्दत गर्दछ ।

    फिजेटिङलाई पहिला जतिसुकै खराब मानिए पनि तपाईंको यस्तो व्यवहार स्वास्थ्यका लागि फाइदाजनक छ भने तपाईंले यस्तो गरिरहनुपर्छ । लेवाइन भन्छन्, ‘यदि तपाईं आफ्नो शरीरलाई स्वाभाविक व्यवहार गरिरहन अनुमति दिनुहुन्छ भने तपाईं बढी स्वस्थ, खुसी र दुब्लो हुने सम्भावना बढी रहन्छ । साँच्चै भन्ने हो भने तपाईं बढी समयसम्म बाँच्नुहुनेछ ।’

    images
    images

    प्रकाशित :भाद्र १६, २०८० शनिवार - १९:५४:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij