• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बालबालिकालाई ज्वरो आएमा यी कुरामा ध्यान दिनुस्

बालबालिकालाई ज्वरो आएमा यी कुरामा ध्यान दिनुस्

images

प्रभाव न्यूज

१५ भाद्र २०८०
  • 13.8K
    SHARES
  • images
    बालबालिकालाई ज्वरो आएमा यी कुरामा ध्यान दिनुस्
    images
    images
    images

    शरीरको तापक्रम ३७ डिग्री वा ९८ डिग्री फरेनहाइट भयो भने ज्वरो आएको भनिन्छ । शरीरमा कुनै किटाणुको सङ्क्रमण भएमा दिमागमा भएका कोषहरूको प्रतिरोधात्मक रियाक्सनले गर्दा ज्वरो आउँछ । ज्वरोले शरीरमा केही नकारात्मक असर भएको सङ्केत गर्छ ।

    images

    मेरो बच्चाको निधार तातो हुन्छ, उसलाई ज्वरो आएको हो ?छोएर ज्वरोको मापन गर्ने तरिका उपयुक्त होइन । शरीरको तापक्रम डिजिटल थर्मामिटरले मापन गर्नुपर्छ । ज्वरो आउनु प्रमुख कारण के हो ?

    किटाणुको सङ्क्रमण हुँदा ज्वरो आउँछ । शरीरमा पानीको मात्रा कम हुँदा पनि ज्वरो आएको पाइन्छ । कुनै खोप लगाएपछि प्रतिक्रियास्वरूप पनि ज्वरो आउनसक्छ । प्रायः ज्वरोका कारण साधारण हुन्छन् ।

    बच्चालाई ज्वरो आउँदा के गर्ने ? ज्वरो आएको बच्चालाई सजिलो महसुस गराउनु पर्छ । उसलाई धेरै लुगा लगाइदिनु हुँदैन । मौसम अनुसार कपडा लगाउनु पर्छ । बच्चालाई पर्याप्त मात्रामा पानी पिउन दिनु पर्छ ।

    images

    ज्वरो आएमा पानी पट्टी पनि प्रयोग गर्न सकिन्छ र लगातर टाउकोदेखि पैतालासम्म पुछ्ने गर्दा पनि ज्वरो निको हुन्छ । चिकित्सकको सल्लाहबमोजिम औषधि पनि दिनु पर्छ । ज्वरो आएको बच्चालाई कुन एन्टिबायोटिक्स दिने ? बच्चालाई प्राय कीटाणु सङ्क्रमणका कारण ज्वरो आएको हुन्छ । बच्चालाई जथाभावी एन्टिबायोटिक्स दिनु हुँदैन डाक्टरको सल्लाहले दिनुपर्छ ।

    images

    ज्वरो कतिबेला चिन्ताजनक हुन्छ ? ज्वरो आएको बेला शरीर सुस्त हुने, बान्ता चल्ने, टाउको दुख्ने, शरीर अररो भएमा ज्वरोलाई चिन्ताजनक मान्न सकिन्छ । १ सय ४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो लगातार पाँच दिन आएमा पनि सावधानी अपनाउनुपर्छ ।

    ज्वरो आउँदा बच्चालाई स्कुल पठाउनु हुन्छ कि हुँदैन ? अरु कुनै लक्षण नहुँदा साधारण ज्वरो आएको खण्डमा स्कुल पठाउन मिल्छ । तर, कम्तीमा एक दिन बच्चालाई आराम गर्न दिनुपर्छ ।

    अरुलाई पनि ज्वरोको सङ्क्रमण हुने हुँदा बच्चालाई भरसक ज्वरो आउँदा स्कुल नपठाएको राम्रो हुन्छ । कहिलेकाहीँ सरुवा रोगको कारण पनि ज्वरो आउने भएको हुनाले अरु बच्चाहरूलाई सर्न सक्ने खतरा हुन्छ ।

    images
    images

    प्रकाशित :भाद्र १५, २०८० शुक्रवार - १०:२८:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij