• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


औषधि प्याकिङ लेबलमा रातो धर्का राख्न औषधि व्यवस्था विभागको निर्देशन

औषधि प्याकिङ लेबलमा रातो धर्का राख्न औषधि व्यवस्था विभागको निर्देशन

images

प्रभाव न्यूज

१३ भाद्र २०८०
  • 8.2K
    SHARES
  • images
    औषधि प्याकिङ लेबलमा रातो धर्का राख्न औषधि व्यवस्था विभागको निर्देशन
    images
    images
    images

    काठमाडौं । सरकारले औषधिहरूमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ ।

    images

    औषधि व्यवस्था विभागले सूचना जारी गर्दै प्रतिजैविक वर्गको औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा ६ महिनापछि उत्पादन हुने औषधिहरूमा अनिवार्य रुपमा प्याकिङको लेबलमा रातो धर्का राख्न सम्बन्धित सरोकारवालालाई निर्देशन दिएको हो ।

    विश्व स्वास्थ्य संगठनले तयार गरेको ‘ग्लोबल एक्सन प्लान’का आधारमा नेपालमा पनि राष्ट्रिय कार्ययोजना तयार गरिएको हो । प्रयोगकर्ता लगायत गैर स्वास्थ्यकर्मीले सजिलै पहिचान गर्न तथा सो सम्बन्धी चेतनामुलक सन्देश प्रवाह गर्ने र सोको परिपालना गराउने उद्देश्य अनुसार औषधि सल्लाकार समितिको ५५ औं बैठकबाट विभागलाई यही भदौ ११ मा सिफारिस भई प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जनाएका छन् ।

    प्रतिजैविक औषधिहरूको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध एन्टिमाइक्रोबियल प्रतिरोधलाई न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरूको प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का लगाउने अभ्यास हुँदै आएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

    images

    images
    images

    प्रकाशित :भाद्र १३, २०८० बुधवार - १९:४१:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij