• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी

images

प्रभाव न्यूज

१३ भाद्र २०८०
  • 7.8K
    SHARES
  • images
    बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी
    images
    images
    images

    ढाका– बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार जनाएको छ ।

    images

    यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । बङ्गलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४ जनाको मृत्यु भएको थियो ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

    अगस्टको पहिलो २९ दिनमा थप ६७ हजार ३०१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो महानिर्देशनालयका अनुसार मङ्गलबार दुई हजार २७२ जना थप बिरामी निको भएर घर फर्किएका सहित कूल निको हुनेको सङ्ख्या एक लाख १० हजार ३४६ पुगेको छ ।लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

    images

    images
    images

    प्रकाशित :भाद्र १३, २०८० बुधवार - १८:२५:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij