• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


बालिकालाई बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

बालिकालाई बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

images

प्रभाव न्यूज

१२ भाद्र २०८०
  • 13.7K
    SHARES
  • images
    बालिकालाई बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ
    images
    images
    images

    तनहुँ– गत साउन ३१ गते बालिकालाई बलात्कार आरोप लागेका तनहुँका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ।

    images

    प्रहरीले ऋषिङ गाउँपालिका–७ अर्खलाछापमा रहेको ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई सोमबार साँझ दमौली बजारबाट पक्राउ गरेको हो।

    अमर आधारभूत विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोप लागेपछि प्रअ थापा फरार हुँदै आएको प्रहरीले जनाएको छ।

    घरमा कोही पनि नभएको मौका छोपी बालिका एक्लै भएको अवस्थामा थापाले बलात्कार गरेको पीडित परिवारले प्रहरीसमक्ष बताएका छन् । पीडित पक्षले यसअघि नै प्रअ थापाविरुद्व जाहेरी दर्ता गराइसकेको प्रहरीले जनाएको छ।

    images

    प्रअ थापालाई पक्राउ गरी म्याद थपको तयारी भइरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। ‘प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ’, उनले भने, ‘अन्य कुरा अनुसन्धानबाटै खुल्दै जानेछ।’

    images

    images
    images

    प्रकाशित :भाद्र १२, २०८० मंगलवार - २१:१९:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij