• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


धादिङ बस दुर्घटना : मृतक आठ मध्ये पाँच जनाको सनाखत

धादिङ बस दुर्घटना : मृतक आठ मध्ये पाँच जनाको सनाखत

images

प्रभाव न्यूज

६ भाद्र २०८०
  • 20.3K
    SHARES
  • images
    धादिङ बस दुर्घटना  : मृतक आठ मध्ये पाँच जनाको सनाखत
    images
    images
    images

    धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये पाँच जनाको सनाखत भएको छ।

    images

    काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो। जसमा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए।

    दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा र पर्वत जलजला गाउँपालिका ६ बस्ने ४२ बर्षीया राधिका सापकोटाको सनाखत भएको डीएसपी मिश्रले जानकारी दिए।

    ‘दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको थियो,’ उनले भने, ‘मृतक तीन जना पुरुषको सनाखत हुन बाँकी रहेको छ। मृतकसँगै केही घाइतेहरुको विवरण पनि खुलेका छन्। यसको साथै बसका सहचालकको सकुशल उद्दार गरेका छौं।’ डीएसपी मिश्रका अनुसार १७ जना घाइते छन्।

    images

    १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी गरिरहेको डिएसपी मिश्रले बताए।

    images

    images
    images

    प्रकाशित :भाद्र ६, २०८० बुधवार - १६:४०:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij