• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अविवाहित युवतीले जन्माएको शिशु चिकित्सकले बेचेको खुलासा

अविवाहित युवतीले जन्माएको शिशु चिकित्सकले बेचेको खुलासा

images

प्रभाव न्यूज

६ भाद्र २०८०
  • 10.6K
    SHARES
  • images
    अविवाहित युवतीले जन्माएको शिशु चिकित्सकले बेचेको खुलासा
    images
    images
    images

    विराटनगर - विराटनगर महानगरपालिका-९ मा रहेको ग्रीनक्रस अस्पतालमा अविवाहित युवतीले जन्माएको बच्चा चिकित्सकले नै एक दम्पतीलाई बेचेको पाइएकाे छ।

    images

    अस्पतालबाटै बिक्री गरिएको नवजात शिशुलाई प्रहरीले मोरङको कटहरी गाउँपालिका-२ मा जीवितै फेला पारेको हाे ।

    अविवाहित दम्पतीबाट जन्मिएको नवजात शिशु चिकित्सकले नै एक निसन्तान दम्पतीलाई अस्पतालबाटै बेचेको पाइएकाे छ। प्रहरीका अनुसार शिशुलाई गत असार १४ गते जन्मनसाथ अस्पतालबाटै गायव पारिएको थियो।

    मोरंङ प्रहरीले मंगलबार साँझ ५ः३० बजेतिर बच्चालाई फेला पारी सकुशल उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

    images

    उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. तपेश्वरलाल कर्णले बच्चा बिक्री गरेको खुलेको छ । ‘दिलमायाका परिवारले ५० हजार रुपैयाँ तिरेर बच्चा लगेको बताएका छन्।

    images

    तर, हामीसँग ५ लाखमा बिक्री गरिएको कुरा आएको छ,’ डीएसपी दाहालले भने। प्रहरीले डा. तपेश्वरसँगै उनको क्लिनिकमा काम गर्ने निर्मला यादव, ग्रीनक्रस अस्पतालकी कर्मचारी सुधा राजवंशी, अविवाहित युवतीका प्रेमी (बच्चाका बाबु) गोविन्द राई, बच्चा जिम्मा लिने दिलमाया र उनका छोरा सूर्यनारायणलाई पक्राउ गरिसकेको छ।

    प्रहरीका अनुसार निर्मला डा. तपेश्वरको क्लिनिकमा कार्यरत रहेर बिरामी ओसारपसार गर्ने बिचौलियाको काम गर्थिन्। बच्चा बिक्री गरेको घटनामा संलग्नता देखिएपछि निर्मलालाई पनि नियन्त्रणमा लिइएको डीएसपी दाहालले बताए।

    images
    images

    प्रकाशित :भाद्र ६, २०८० बुधवार - ०९:४६:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij