• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


विराटनगरका डाक्टर कर्णले अविवाहित युवतीबाट जन्मिएको शिशु १० लाखमा बेचेको आशंका

विराटनगरका डाक्टर कर्णले अविवाहित युवतीबाट जन्मिएको शिशु १० लाखमा बेचेको आशंका

images

प्रभाव न्यूज

५ भाद्र २०८०
  • 16.9K
    SHARES
  • images
    विराटनगरका डाक्टर कर्णले अविवाहित युवतीबाट जन्मिएको शिशु १० लाखमा बेचेको आशंका
    images
    images
    images

    विराटनगर - अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु अस्पतालबाटै विक्री भएको तथ्य खुलेको छ।

    images

    यसअघि आफूले जन्माएको शिशु हराएको भन्दै एक युवतीले मोरङ प्रहरीमा उजुरी दिएकी थिइन्। युवतीको उजुरीका आधारमा मोरङ विराटनगरमा रहेको ग्रिनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र अविवाहित युवतीका प्रेमी गोविन्द राईलाई प्रहरीले पक्राउ गरेको थियो।

    पक्राउ परे लगत्तै डाक्टर कर्ण बिरामी भएर अस्पताल भर्ना भएका थिए। उनी आज अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यसलगत्तै प्रहरीले लिएको बयान र अनुसन्धानले उक्त शिशु ८ देखि १० लाखमा विक्री भएको अनुमान गरेको छ। उनले विक्री गरेको भने पुष्टि भएको प्रहरीको भनाई छ। डाक्टर कर्णले मोरङको कटहरी गाउँपालिका २ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बेचेका थिए। डाक्टर कर्णले ८ देखि १० लाख रुपैयाँ लिएर शिशु बेचेको प्रहरीले अनुमान गरेको छ।

    ‘कतिमा बेचेको हो। त्यो विषयमा खुलाउने प्रयास भइरहेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले भने। पक्राउ परेका कर्ण र भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ गत आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई गत असार १३ गते विराटनगर लिएर आएका थिए। सुरुमा विराटनगरको दिपेश मेडिकल क्लिनिकमा युवतीलाई लिएर गोविन्द पुगेका थिए। उक्त क्लिनिक पनि डाक्टर कर्णको हो ।

    images

    त्यसपछि उनै डाक्टर कर्णले ग्रीनक्रस अस्पताल भर्ना गर्न लगाएका थिए। त्यसपछि युवतीले हस्पिटलमै नर्मल डेलिभरीमार्फत छोरी जन्माएकी थिइन्। कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन्।

    images

    उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने प्रहरीले जनाएको छ।

    images
    images

    प्रकाशित :भाद्र ५, २०८० मंगलवार - २०:५३:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij