• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


नौ जनाले १५ वर्षीया बालिकामाथि बलात्कार गरेको खुलासा , बालिकाको पेटमा छ महिनाको गर्भ

नौ जनाले १५ वर्षीया बालिकामाथि बलात्कार गरेको खुलासा , बालिकाको पेटमा छ महिनाको गर्भ

images

प्रभाव न्यूज

२ भाद्र २०८०
  • 14.9K
    SHARES
  • images
    नौ जनाले  १५ वर्षीया बालिकामाथि बलात्कार गरेको खुलासा , बालिकाको पेटमा छ महिनाको गर्भ
    images
    images
    images

    सुर्खेत - डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरू मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ।

    images

    घटना घटेको छ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो।

    वडा नं -६ बस्ने बालिकामाथि स्थानीय युवाहरूले पटक पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा आएपछि संलग्न नौ जना मध्ये तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

    पक्राउ परेका तीन मध्ये दुई जनालाई जुम्लाबाट र एक जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो।

    images

    ६ जना युवा फरार छन्। फरार रहेकाहरूको खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ।

    images

    फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाहरूको नाम प्रहरीले गोप्य राखेको छ।

    बलात्कार भएकी बालिकाको पेटमा छ महिनाको गर्भ रहेको खुलेको छ। गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ।

    पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो।

    पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ। बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छिन्।

    images
    images

    प्रकाशित :भाद्र २, २०८० शनिवार - ११:५२:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij