• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जीवितै रहेका भाइको झुटो विवरण दिएर मृत्यु दर्ता प्रमाणपत्र बनाएपछि...

जीवितै रहेका भाइको झुटो विवरण दिएर मृत्यु दर्ता प्रमाणपत्र बनाएपछि...

images

प्रभाव न्यूज

३२ श्रावण २०८०
  • 8.6K
    SHARES
  • images
    जीवितै रहेका भाइको झुटो विवरण दिएर मृत्यु दर्ता प्रमाणपत्र बनाएपछि...
    images
    images
    images

    बुटपल– रोजगारीका लागि भारतमा रहेका भाइको मृत्यु भएको झुटो विवरण दिएर मृत्यु दर्ता प्रमाणपत्र बनाउने एक जना रुपन्देहीमा पक्राउ परेका छन्।

    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार झुटो विवरण दिएर जीवितै रहेका आफ्नै भाइको मृत्यु दर्ता गरिदिने तिलोत्तमा नगरपालिका वडा नं. ४ का ईन्द्रकुमार कंडेल पक्राउ परेका हुन्।

    कंडेलले भाइ बेदुराम कंडेलको २०७८ साल भदौ १५ गते मृत्यु भएको भन्दै २०७८ साल असोज २६ गते तिलोत्तमा वडा नं. ४ बाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए ।

    कंडेलले भाइ बेदुराम अविवाहित तथा बौद्धिक अपाङ्गता रहेकोले जीवित छँदा आफैँले पालनपोषण गरेको र सोही क्रममा २०७८ साल भदौ १५ गते रुपन्देहीको सैनामैना रानिबगियामा मृत्यु भएपछि काजक्रिया समेत आफैँले गरिदिएको भन्दै मृत्यु दर्ताका लागि वडा कार्यालयमा निवेदन दिएका थिए। कंडेलले दिएको निवेदनमा चार जना व्यक्तिबाट सही सनाखत समेत गरिदिएपछि तत्कालीन वडा अध्यक्ष दिवाकर ढकालको रोहबरमा वडा सचिव काशिराम ज्ञवालीले २०७८ साल असोज २६ गते मृत्यु दर्ता गरी प्रमाणपत्र उपलब्ध गराएका थिए।

    images

    रोजगारीका लागि भारतमा रहेका बेदुराम दुई वर्षपछि घर आउँदा दाजु ईन्द्रकुमारले मृत्यु दर्ता गरिदिएको थाहा पाएका थिए। बेदुरामले आफू जीवित रहेको भन्दै वडा कार्यालयमा मृत्यु दर्ता बदरका लागि निवेदन दिएपछि उक्त रहस्य बाहिरिएको हो।

    images

    स्थानीयका अनुसार तिलोत्तमा ४ मा स्थायी ठेगाना रहे पनि लामो समयदेखि सैनामैनामा बस्दै आएका ईन्द्रकुमारले संगोलमा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न भाइको मृत्यु भएको झुटो विवरण दिएर मृत्यु दर्ता गराएका हुन्। वडा कार्यालयका अनुसार भाइको मृत्यु दर्ता गरेपछि ईन्द्रकुमारले जग्गा नामसारीका लागि पनि पाँच जनाबाट सही सनाखत गराएर वडा कार्यालयबाट सिफारिस गराएका थिए।

    वडा सचिव ज्ञवालीले निवेदकले सही सनाखत गर्नेहरूको सक्कल नागरिकतासहित निवेदन ल्याएपछि मृत्यु दर्ता र जग्गा नामसारीको सिफारिस गरिदिएको बताए। अहिले भाइ बेदुरामले आफू जीवित रहेको र आफ्नो मृत्यु दर्ता बदर गर्न निवेदन दिएपछि वडा कार्यालयले उक्त निवेदन जिल्ला प्रशासन कार्यालय पठाएको छ।

    जिल्ला प्रशासन कार्यालयमा निवेदन पुगेपछि प्रहरीले झुटो विवरण दिएर भाइको मृत्यु दर्ता गर्ने ईन्द्रकुमारलाई पक्राउ गरी थप कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ।

    images
    images

    प्रकाशित :श्रावण ३२, २०८० बिहिवार - २१:०८:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij