• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


अब कोही पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन : मन्त्री बस्नेत

अब कोही पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन : मन्त्री बस्नेत

images

प्रभाव न्यूज

२६ श्रावण २०८०
  • 10.7K
    SHARES
  • images
    अब कोही  पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन : मन्त्री बस्नेत
    images
    images
    images

    काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन् ।

    images

    शुक्रवार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन् ।

    उनले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताए ।

    मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भइरहेको पनि बताए । उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

    images

    उनले भने, ‘हामीभित्र भएका बुद्धि, सीप, साधनलाई सक्रिय बनाएर अब नेपालमा प्रधानमन्त्रीज्यु, हजुरकै पालामा अब एकजना मान्छे पनि पैसा नभएको कारणले हस्पिटलको बरण्डाबाट आत्महत्या गर्नुपर्दैन ।

    images

    बाटामा मर्नुपर्दैन । घरमा मर्नुपर्दैन । हामी जसरी पनि गर्छौं र अहिले गरिरहेका छौँ ।

    स्वास्थ्य मन्त्रालय मन्त्रालय भन्दापनि एउटा ठूलो अस्पतालजस्तो भइराखेको छ ।

    दिनमै १२/१५ जना बिरामी आइरहन्छन् । म प्रधानमन्त्रीज्युलाई निवेदन गर्न चाहन्छु, द्वन्द्वका बेलामा घाइते भएकाहरुको अझैपनि उपचार आइसकेको छैन ।

    हामीले केही मान्छेहरुलाई बोलाएर गरिरहेका छौँ । यसले चाँडोभन्दा चाँडो निर्णय गरेर हामीलाई जिम्मा लगाइदिनुस् । हामी गर्छौं । समस्या समाधान गर्ने र राज्यले घोषणा गरेको वा संविधानमा व्यवस्था गरेको जनताको आधारभुत स्वास्थ्य सेवालाई हामी जसरी पनि व्यवस्थापन गर्छौं ।

    फेरि दोहो¥याउन चाहेँ । कोही नेपाली पैसा नभएको कारणले अब उपचार गर्न नपाएर मर्दैन । त्यसको जिम्मा स्वास्थ्य मन्त्रालयले लिन्छ ।’ मन्त्री बस्नेतले सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताए ।

    उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरुमा सुधार आइरहेको बताए ।

    अस्पतालहरुले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रवन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाई छ ।

    images
    images

    प्रकाशित :श्रावण २६, २०८० शुक्रवार - २०:५७:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij