कैलाली- सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको डसाइबाट मृत्यु भएको हो ।
महिनावारी भएको समयमा गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राति सर्पले डस्दा उनको मृत्यु भएको हो ।
जवलपुर माध्यामिक विद्यालय सैलोडामा कक्षा ९ मा अध्यनरत अनिता महिनावारी भएको बेला गाई गोठमा सुतेकी थिइन् ।
उनलाई मध्यराति सर्पले डसेपछि आफन्तले वैद्यलाई बोलाउन गएको समयमा उनको मृत्यु भएको हो ।