• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


कान्छी श्रीमतीको हत्या गरेर श्रीमान्‌ बेपत्ता

कान्छी श्रीमतीको हत्या गरेर श्रीमान्‌ बेपत्ता

images

प्रभाव न्यूज

२३ श्रावण २०८०
  • 12.6K
    SHARES
  • images
    कान्छी श्रीमतीको हत्या गरेर श्रीमान्‌ बेपत्ता
    images
    images
    images

    इलाम- इलाममा श्रीमान्‌द्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका– २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार गएराति करिब ५० वर्षे पूर्णबहादुरले करिब ४५ वर्षकी श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनका अनुसार घटना अगाडि श्रीमान्‌ श्रीमतीबीच सामान्य झगडा भएको थियो । झगडापछि राति पूर्णबहादुरले श्रीमती डम्बरकुमारीको टाउकोको पछाडिपट्टीको भाग (घुच्चुक) मा धारिलो हतियार बामफोकको प्रयोग गरी हत्या गरेको बताइएको छ ।

    राति करिब ९ बजे सो घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    images

    पाँचथरको फिदिम नगरपालिका–४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमतीसहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए ।

    images

    घटनापछि श्रीमान्‌ फरार रहेको प्रहरीको भनाइ छ ।

    के कसरी घटना भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । हत्या गरिएकी कान्छी श्रीमती भनिएपछि जेठी श्रीमती र अन्य परिवारको बारेमा समेत खोजतलास भइरहेको बताइएको छ ।

    कानुनी प्रक्रियाअनुसार शव परीक्षणका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

    images
    images

    प्रकाशित :श्रावण २३, २०८० मंगलवार - २०:१७:२६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij