• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सरकारले महावीर पुनलाई किन गरायो सचेत ? हेर्नुहोस्

सरकारले महावीर पुनलाई किन गरायो सचेत ? हेर्नुहोस्

images

प्रभाव न्यूज

२३ श्रावण २०८०
  • 7.8K
    SHARES
  • images
    सरकारले महावीर पुनलाई किन गरायो सचेत ? हेर्नुहोस्
    images
    images
    images

    काठमाडौं - राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभूषण लिलामीमा राखेपछि सरकारले सचेत गराएको छ । पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा राखेपछि गृहमन्त्रालयले पत्राचार गर्दै विभूषण लिलामीमा नराख्न भनेको हो ।

    images

    विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने जानकारीसहितको पत्र पुनलाई गृहमन्त्रालयले पठाएको हो । पुनले कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।

    कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै उनले विभूषण लिलामीमा राखेका हुन् ।

    तर, गृह मन्त्रालयले मानपदवी, अलङ्कार, तथा पदकजस्ता विभूषण कसैलाई बिक्री गरेमा, बन्धकी राखेमा कानुनविपरीत हुुने र कसैले यस्ता कार्य गरेमा विभूषण रद्द हुने भन्दै गृहमन्त्रालयले सोमबार सूचना जारी गरेको थियो ।

    images

    साथै मंगलबार पुनलाई पत्राचार गरेर सचेत गराएको हो ।

    images

    mahabir_hJMqWaBzrQ.jpg

    images
    images

    प्रकाशित :श्रावण २३, २०८० मंगलवार - २०:१३:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij