• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


चट्याङले हानेर खोटाङमा एक जनाको लियो ज्यान

चट्याङले हानेर खोटाङमा एक जनाको लियो ज्यान

images

प्रभाव न्यूज

९ बैशाख २०७८
  • 14.5K
    SHARES
  • images
    चट्याङले हानेर खोटाङमा एक जनाको लियो ज्यान
    images
    images
    images

    खोटाङ-  चट्याङ लाग्दा खोटाङमा एकको ज्यान गएको छ । बिहिबार पानीसँगै परेको चट्याङले लाग्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको ज्यान गएको हो।

    images

    छोरी ज्वाईको घरमा बसिरहेको अवस्थामा राईलाई चट्याङले लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

    उनको घट्नास्थलमै मृत्यु भएको थियो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ लगिएको प्रहरीले जनाएको छ ।

    थप दुई हजार ४२८ जनामा कोरोना पुष्टि

    images


    थप दुई हजार ४२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ९२ हजार १५२ पुगेको छ ।
     
     थप दश हजार एक जनाको पिसिआर परीक्षण तथा ४४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या दुई लाख ९२ हजार १५२ जना पुगेको छ । हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । 

    images

     सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्र एक हजार १७४ जना रहेका छन् । काठमाडौँमा ९८७, ललितपुरमा  १०६ र भक्तपुरमा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
      
     हालसम्म दुई लाख ७६ हजार ३४५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५२ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १२ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् ।    

     पछिल्लो समय रुपन्देहीमा १२५, मोरङमा ११३, पर्सामा ७९, कैलालीमा ७३, पाल्पामा ४२, कञ्चनपुरमा ३७, सुनसरीमा ३६, बर्दियामा ३१, कास्कीमा ३१, मकवानपुरमा ३०, कपिलवस्तुमा २७, दाङमा २३, चितवनमा २२, काभे्रपलाञ्चोकमा १७, स्याङ्जामा १४, नुवाकोटमा १२ तथा गुल्मीमा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    कोरोनाबाट पाँचको मृत्यु 
      
     नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय पाँच जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

    images
    images

    प्रकाशित :बैशाख ९, २०७८ बिहिवार - २०:०३:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij