• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


खोटेहाङ गाउँपालिकाको ईन्द्रेणीपोखरीमा १५ सैयाको अस्पताल, पोष्टमार्टम सेवासमेत सुरु

खोटेहाङ गाउँपालिकाको ईन्द्रेणीपोखरीमा १५ सैयाको अस्पताल, पोष्टमार्टम सेवासमेत सुरु

images

प्रभाव न्यूज

१२ श्रावण २०८०
  • 9.4K
    SHARES
  • images
    खोटेहाङ गाउँपालिकाको ईन्द्रेणीपोखरीमा १५ सैयाको अस्पताल, पोष्टमार्टम सेवासमेत सुरु
    images
    images
    images

    खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर - ६ ईन्द्रेणीपोखरीमा १५ सैयाको अस्पतालसँगै पोष्टमार्टम सेवा सुरु गरिएको छ ।

    images

    गाउँपालिकाको लगानीमा विशेषज्ञ डाक्टरसहित चौबीसै घण्टा सेवा दिनेगरी ईन्द्रणीपोखरी आधारभूत अस्पताल तथा पोष्टमार्टम सेवा सुरु गरिएको हो ।

    संचालन अवस्थामै रहेको सो अस्पताललाई शुक्रबारदेखि भने औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

    स्थानीय नागरिकलाई उपचारका लागि अन्यत्र पठाउँदा आर्थिक तथा प्राविधिक समस्या हुने गरेको थियो । अस्पतालमा एमविविएस डाक्टरसहितको उपचारदेखी मृतकको पोष्टमार्टमसम्मको सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

    images

    दीर्घ रोगीहरुका लागि ल्याब, दुर्घटना तथा जटिल किसिमका रोगीका लागि एक्स–रे, गर्भवतीका लागि बर्थिङ सेन्टर लगायतका सेवा चौबीसै घण्टा दिनेगरी सञ्चालनमा आधारभूत अस्पताल संचालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष रुपेश राईले जानकारी दिए ।

    images

    गाउँपालिकामा अस्पताल नहुँदा अधिकांश बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता थियो । त्यसैले गाउँपालिकाको लगानीमा पहिलो चरणमा पाँच सैयाको अस्पताल हाललाई सञ्चालनमा ल्याइएको छ । तर, यो अस्पताल १५ सैंयाको हो । गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले भने ।

    आधारभूत अस्पतालमा विशेषज्ञ डाक्टर एकजना, ल्याब असिस्टेन एक, रेडियोग्राफर एक, हेल्थ असिस्टेन एक, अहेव दुई, अनमी दुईजना र कार्यालय सहयोगी दुईगरी दशजना स्वासथ्यकर्मी तथा कर्मचारी रहेका छन् । तत्कालका लागि नेपाल सरकारले तोकेको सबै प्रकारका औषधि गाउँपालिकाले निःशुल्क उपलब्ध गराउनेगरी सेवाहरु सुरु गरिएको अस्पतालका डाक्टर प्रमोदकुमार यादवले जानकारी दिए ।

    ईन्द्रेणीपोखरीमा आधारभूत अस्पताल सञ्चालनमा आएपछि खोटेहाङसँगै छिमेकी गाउँपालिकाहरु बराहपोखरी दिप्रुङ चुइचुम्माका नागरिकले आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा पाउने भएका छन्।

    अस्पताल उद्घाटनसँगै ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २२ वर्षीय पवन तामाङको शव पोष्मार्टम पनि गरिएको छ ।

    खोटाङ बजारमा मिक्सचर पुर्‍याएर फर्कनेक्रममा खोटाङबजार–कात्तिके–मेर्ला सडकखण्डको मेर्लामा बिहीबार मध्यान्ह १२ बजेर ४५ मिनेट जाँदा ना ६ त २४६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेका तामाङको उपचारका लागि गाईघाट लैजानेक्रममा साउनेमा मृत्यु भएको हो ।

    ईन्द्रेणीपोखरीमा आधारभूत अस्पताल सञ्चालन हुनुअघि त्यस क्षेत्रमा भएका दुर्घटना तथा भव्यतव्यमा परी ज्यान गुमाएका स्थानीय बासिन्दाको शव सदरमुकाम दिक्तेल तथा छिमेकी जिल्ला गाईघाट पुर्‍याउनुपर्ने अवस्था थियो । शव परीक्षण गर्नका लागि सदरमुकाम दिक्तेल तथा छिमेकी जिल्ला गाईघाट पु¥याउनका लागि चर्को मूल्यमा गाडी रिजर्भ गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।

    images
    images

    प्रकाशित :श्रावण १२, २०८० शुक्रवार - २१:३९:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij