• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

images

प्रभाव न्यूज

३ श्रावण २०८०
  • 7.9K
    SHARES
  • images
    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
    images
    images
    images

    काठमाडौँ– व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेस गरेको छ ।

    images

    विसं २०६६ मा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका मुस्ताङको थसाङ घर भई काठमाडौँको जोरपाटी बस्ने सम्राट शेरचनलाई काठमाडौँको गोकर्णेश्वरस्थित अत्तरखेलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कर्तव्य ज्यान मुद्दामा २०६७ सालमा मुस्ताङ जिल्ला अदालतबाट एक वर्ष चार महिना कैद ठहर भएको थियो । त्यसपछि पुनरावेदन अदालत बागलुङमा मुद्दा गएको थियो ।

    प्रतिवादी सम्राट शेरचनको हकमा सुरु जिल्ला अदालतको फैसला उल्टी भई उनलाई सर्वस्वसहित जन्मकैद हुने ठहर भएको थियो ।

    images

    फैसलाउपर पुनः पुनरावेदन परेकामा सर्वोच्च अदालतले २०७२ सालमा १४ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।

    images

    त्यसपछि फरार रहेका शेरचनलाई अत्तरखेलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको उनले बताएका छन्।

    images
    images

    प्रकाशित :श्रावण ३, २०८० बुधवार - १९:२१:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij