• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा बाबु–छोरासहित चार जना पक्राउ

जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा बाबु–छोरासहित चार जना पक्राउ

images

प्रभाव न्यूज

२७ आषाढ २०८०
  • 15.6K
    SHARES
  • images
    जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा बाबु–छोरासहित चार जना पक्राउ
    images
    images
    images

    सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जना पक्राउलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबन्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

    बुधवार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको गोप्य सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा अन्दाजी २१ वर्षीया सुशील चौधरी, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेको जील्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

    images

    नीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारवाही हुने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ ।

    images

    अन्यको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    प्रकाशित :आषाढ २७, २०८० बुधवार - २०:२४:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij