• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


जन्तेढुंगा गाउँपालिका : पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

जन्तेढुंगा गाउँपालिका : पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

images

प्रभाव न्यूज

२० आषाढ २०८०
  • 12.0K
    SHARES
  • images
    जन्तेढुंगा गाउँपालिका : पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा
    images
    images
    images

    खोटाङ - खोटाङको जन्तेढुंगा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चिता गाउँपालिका घोषणा गरिएको छ।

    images

    गाउँपालिकामा रहेका १६ महिनादेखी २३ महिना उमेर समुहका सबै बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि गाउँपालिकालाई मंगलबार पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो।

    पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रकृया भएको आधारमा ६ वटा वडा रहेको सो पालिकालाई गाउँपालिका अध्यक्ष अरुणदेवी राईको अध्यक्षतामा पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

    जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोग बिरुद्धको खोपको मात्रा पुर्णरुपमा पाएको आधारमा जन्तेढुंगालाई पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखाका संयोजक सुर्य कार्कीले जानकारी दिए ।

    images

    गाउँपालिकामा जन्मेदेखी १५ महिनासम्मका १६५ जना, ५ जनाको पहिचान गरि छुट खोप लागाएको कार्कीको भनाई छ।

    images

    सामान्यतः जन्मेको १५ महिनामा दादुराको दोश्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप लगाएको पाएको मानिन्छ।

    जिल्लाका साकेला गाउँपालिका, बराहापोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेंशी गाउँपालिका, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकिएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा गर्न बाँकी छ।

    358111543_775076964091930_6460021869468664996_n.jpg

    पुर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष अरुणदेवी राई, जिल्ला समन्वय समितिका सदस्य मोहन सुप्तिहाङ, गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत उमेश गिरी, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी र स्थानीयबासीको उपस्थिति रहेको थियो ।

     

    357745774_775077890758504_889018439308703783_n.jpg

    358107552_775078107425149_8510705087635698116_n.jpg

    357759867_775081880758105_8633261038557507664_n.jpg

     

     

    images
    images

    प्रकाशित :आषाढ २०, २०८० बुधवार - २१:१३:३४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij