खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका वडा सदस्य नारायणप्रसाद श्रेष्ठको निधन भएको छ।
जन्डिसको समस्याका वर्ष दिनदेखि बिरामी परेर थलिएका ६७ वर्षीय वडासदस्य श्रेष्ठको बयोधा अस्पताल काठ्माण्डौंमा उपचारकोक्रममा मंगलबार निधन भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
२०१० साल कात्तिक २२ गते याम्खा मोहरियामा जन्मिएका श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए। वडा सदस्य श्रेष्ठको पित्तथैलीमा स्टोन पनि भएको थियो।
तर जन्डिसको कारण स्टोनको अप्रेसन गर्ने अवस्था नहुँदा उनको उपचारमा समस्या भइरहेको थियो।
श्रेष्ठ निजामती सेवाबाट अवकाश पाएपछि राजनीतिमा लागेका थिए। मृतक श्रेष्ठका श्रीमती सहित दुई छोरा र दुई छोरी छन् ।