काठमाडौं - हिन्दू धर्मावलम्बीका भगवान् अवतार पुरुषोत्तम श्रीरामको पूजाआजा गरेर मनाइने रामनवमीको अवसरमा २ नम्बर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारले मर्यादा पुरूषोत्तम भगवान् श्रीरामको जन्मोत्सवका अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको हो। मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशबासीलाई रामनवमीको शुभकामनासहित भोलि बुधबार सार्वजनिक बिदा दिइएको जनाइएको छ।
कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै सरकारी निर्देशन अनुसार प्रेस पर्व मनाउन प्रेस विज्ञप्तिमार्फत मुख्यमन्त्री राउतले ध्यानाकर्षण गराएका छन्।