• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


माउण्ट एभरेष्ट बोर्डिङले जित्यो शिक्षकको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि

माउण्ट एभरेष्ट बोर्डिङले जित्यो शिक्षकको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि

images

प्रभाव न्यूज

२४ फाल्गुण २०७९
  • 13.9K
    SHARES
  • images
    माउण्ट एभरेष्ट बोर्डिङले जित्यो शिक्षकको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि
    images
    images
    images

    खोटाङ -  शिक्षकहरुको जिल्लास्तरिय खुल्ला एकल ब्याडमिन्टन प्रतियोगिताको उपाधि माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका शिक्षक अशोक उदासले जितेका छन।

    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीस्थित सरस्वती आधारभूत विद्यालयले आयोजना गरेको जिल्लाव्यापी खुल्ला एकल ब्याडमिन्टन प्रतियोगितामा सोही विद्यालयका शिक्षक पार्जुन राईलाई पछि पार्दै उदास प्रथम बनेका हुन।

    प्रतियोगितामा साकेला मावि रतन्छाका हरि राई, आयोजक सरस्वती आधारभूत विद्यालयका मेघराज धमला सेमीफाईनलिष्ट बन्न सफल भएका छन।

    १५ शिक्षकले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार १११, दोश्रोले ७ हजार ७७७ र तेश्रो हुनेले ४ हजार ४४४ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। ब्याडमिन्टन प्रतियोगिताको आयोजक सरस्वती आधारभूत विद्यालयले बुधबार विद्यालयमा पुस्कार वितरण तथा समापनको कार्यक्रमको गरेर विजेतालाई पुरस्कार बितरण गरेको हो।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र वडा नम्बर–१ का वडाध्यक्ष नवराज राईले विजेतालाई पुरस्कार बितरण गरेका छन्। गत पुष १० गते अजय बस्नेतको अध्यक्षतामा बनेको विद्यालय व्यवस्थापन समितिले शिक्षकको शाररिक तन्दुरुस्ती र विद्यालयमा सञ्चालनार्थ दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिन ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको बताइएको छ। नेपाल सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले दिवा खाजाको रकम दिदै आएकोमा विद्यालयले थप गरि ४० रुपैयाँ दिने गरेको विद्यालयले छ।

    images

    आम्दानीको श्रोत नभएको विद्यालयमा विधार्थीलाई २५ रुपैयाँ थप गरेर खाजा खर्च उपलब्ध गराउदा आर्थिकभार थपिएको भन्दै दिवाखाजा कार्यक्रमलाई प्रभावकारी र निरन्तरता दिन पनि ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको विव्यास अध्यक्ष बस्नेतले बताए।

    कार्यक्रमको उद्धघाटन नगर प्रमुख भट्टराई र उप्र्रमुख विसन राईबीच र नगरपालिका र उद्योग बाणिज्य संघ बीच मैत्रिपुर्ण खेल भएको थियो। मैत्रीपुर्ण खेलमा उद्योग बाणिज्य संघले जित निकालेको थियो। शिक्षा र स्वास्थ्य नै विद्यार्थीको नैसर्गिक अधिकार हो बस्नेत भन्छन, ‘विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र स्वस्थ बनाउनको निमिक्त शिक्षक स्वयम् आफैं स्वस्थ रहन आवश्यक छ।

    एउटा असल, शाररिक, मानसिक, सामाजिक र संवेगात्मकयुक्त शिक्षकबाट मात्रै एउटा असल विद्यार्थी उत्पादन गर्न सफल भइन्छ। तसर्थ, हाम्रो पहिलो प्रयास नै स्वस्थ शिक्षक पहिलो आवश्यकता ठानेर प्रतियोगितको आयोजना गरिएको हो।’ मानिसको जीवनमा खेलकुद अपरिहार्य छ। त्यसकारण एउटा शिक्षकलाई पनि शाररिकरुपमा स्वस्थ बनाउनु हाम्रो उद्धेश्य हो।

    खेल एउटा अनुशासन हो। खेलको माध्यमबाट नै विद्यालयहरुकोबिच पारस्पारिक सम्बन्ध स्थापित गर्दै एकअर्का विद्यालयप्रति सहयोग आदानप्रदान गर्ने उद्धेश्यले खेलको आयोजना गरिएको हो, बस्नेतले बताए। एउटा शभ्य समाज निर्माणका निम्ति विद्यालय क्षेत्रबाटै सुरुवात र संभावना हुने भएकाले सामुदायिक विद्यालयलाई हेर्ने नजर र सोच बदल्न पनि आवश्यक छ, बस्नेतको भनाई छ।

    images
    images

    प्रकाशित :फाल्गुण २४, २०७९ बुधवार - १७:५७:०३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij