• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


‘प्रेमी भेट्न गएको घटना लुकाउन अपहरणको बहाना, भयो आफैंमाथी यस्तो लफडा

‘प्रेमी भेट्न गएको घटना लुकाउन अपहरणको बहाना, भयो आफैंमाथी यस्तो लफडा

images

प्रभाव न्यूज

१ चैत्र २०७७
  • 35.5K
    SHARES
  • images
    ‘प्रेमी भेट्न गएको घटना लुकाउन अपहरणको बहाना, भयो आफैंमाथी यस्तो लफडा
    images
    images
    images

    काठमाडौं - कञ्चनपुरको पुनर्वास नगरपालिका–२ घर भएकी किशोरीले प्रेमीसँगको भेट लुकाउन परिवार र प्रहरीलाई ढाँटेकी छिन्। शुक्रवार साँझ घरबाट कलम किन्न निस्केकी १४ वर्षीया किशोरी लामो समय नआएपछि परिवारले फोन गर्न थाले।

    images

    तारन्तार फोन आएपछि उनले भनिन–‘मलाई अपहरण गरेर लगे, सामूहिक रुपमा बलात्कृत भएँ।’ परिवारले प्रहरीलाई खबर गरे । कञ्चनपुर प्रहरी अनुसन्धानमा जुट्यो। बालिका रातको १२ बजे घरमा फर्किइन् ।

    प्रहरीसँग पनि उनले जिकिर गरिन्, ‘मलाई अपहरणपछि बलात्कार गरे।’ तर, प्रहरीको अनुसन्धानबाट उनले दावी गरेको पुष्टि भएन। अनुसन्धानबाट गम्भीर घटनाको कथा बुनेर उनले ढाँटेको खुलेको हो।

    ‘प्रेमी भेट्न गएको घटना लुकाउन अपहरणको बहाना बनाएको खुलेको छ’ कञ्चनपुरका एसपी उमा प्रसाद चतुर्वेदीले भने, ‘स्वास्थ्य परीक्षण पनि गराएका छौं, लिखित रिपोर्ट आउन बाँकी छ।’

    images

    किशोरी प्रेमी १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। प्रेमी पक्राउ परेपछि किशोरीले आफूले झुट बोलेको स्वीकारेकी छिन। ‘गल्ती भएको किशोरीले स्वीकार गरेकी छिन’, एसपी चतुर्वेदीले भने।

    images

    शनिवार पक्राउ परेका प्रेमीलाई प्रहरीले घटनाबारे सोधपुछ गरिरहेको छ। प्रहरी अनुसन्धानबाट शुक्रवार साँझ उनीहरु पुनर्वास–२ स्थित खोला किनारमा राति अबेरसम्म कुरा गरेर बसेको थाहा भएको छ। किशोरीलाई भने प्रहरीले अभिभावकको जिम्मा लगाएको छ।

    images
    images

    प्रकाशित :चैत्र १, २०७७ आइतवार - १५:२९:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij