• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी

खोटाङका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी

images

प्रभाव न्यूज

२१ फाल्गुण २०७७
  • 12.9K
    SHARES
  • images
    खोटाङका १० हजारलाई कोभिशिल्ड खोप दिने तयारी
    images
    images
    images

    खोटाङ - कोभिड-१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका खोटाङका १० हजार बढि नागरिकलाई खोप दिने तयारी गरिएको छ। पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका व्यक्ती र दीर्घ रोग भएका गरी १० हजार ११४ जनालाई आगामी फागुन २३ गतेदेखि खोप दिने तयारी गरिएको हो।

    images

    जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिको बिहिबार आयोजित पत्रकारसँगको अन्तरक्रीया कार्यक्रममा आगामी फागुन २३ गतेदेखि चैत ८ गतेभित्र कोभिड-१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकताको रुपमा पहिचान गरिएका लक्षित समुहलाई खोप दिने तयारी गरिएको जानकारी दिइएको छ।

    दोश्रो प्राथमिकतामा परेका करिब ५० हजारलाई खोप दिने तयारी भइरहेको भए पनि खोपको अभावमा पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, ६० वर्षमाथिका व्यक्ती र दीर्घ रोग भएका व्यक्तीलाई मात्र प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए।

    पहिलो प्राथमिकताका लक्षीत समुहलाई जिल्ला अस्पताल दिक्तेल, प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क र स्वास्थ्यचौकी खोटाङबजारबाट कोभिड बिरुद्धको खोप लगाउने व्यवस्था गरिएकामा दोश्रो प्राथमिकताका लक्षित समुहलाई भने ७९ वडाका स्वास्थ्यसंस्थाबाटै खोप दिने तयारी भइरहेको छ।

    images

    कोभिशिल्ड खोपका लागि हरेक स्वास्थ्य संस्थामा तीन-तीन दिन शिबिर सञ्चालन गरिने जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ।

    images

    कोभिशिल्ड खोपका लागि पालिका स्तरिय योजना तयार

    कोभिड-१९ बाट प्रभावितमध्ये दोश्रो प्राथमिकतामा परेका सर्वसाधारणलाई खोप दिनका लागि जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले पालिका स्तरिय खोप योजना बनाएको छ ।

    पहिलो चरणमा फागुन २३ गतेदेखि फागुन २९ गतेभित्र ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रङ चुइचुम्मा गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका लक्षित समुहलाई खोप दिने योजना बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए । यस्तै, दोश्रो चरणमा आगामी चैत २ गतेदेखि चैत ८ गतेभित्र बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका लक्षित समुहलाई खोप दिने तयारी गरिएको छ।

    ५५ वर्षदेखि ७४ वर्ष, ४० वर्षदेखि ५४ वर्ष उमेर समुहमध्ये क्यान्सर, मुटु तथा मिर्गौला जस्ता दीर्घ रोग भएका व्यक्ती, दीर्घ रोग भएका अन्य व्यक्ती, वैदेसिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थीमध्ये दीर्घ रोग भएका व्यक्तीलाई दोश्रो प्राथमिकताको रुपमा खोप दिने सरकारको तयारी छ । दोश्रो प्राथमिकताको रुपमा पहिचान गरिएका लक्षित समुहलाई खोप दिनका लागि स्वास्थ्यकर्मी लगायतलाई आवश्यक तालिम, अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिसकिएको जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिले जनाएको छ।

    पहिलो प्राथमिकतामा परेका लक्षित समुहका १ हजार ७४० जनालाई खोप दिइएकामा पुःन दोश्रो प्राथमिकतामा परेका करिब ५० हजार जनालाई खोप दिने लक्ष्य राखिएको छ। पहिलो प्राथमिकतामा परेका लक्षित समुहलाई गत माघ १५ गतेदेखि २४ गते र फागुन २ गतेदेखि ११ गतेभित्र दुई चरणमा कोभिशिल्ड खोप दिइएको थियो।

    स्वास्थ्यकर्मीका अनुसार खोप लगाइएकामध्ये कतिपयलाई थकान हुने, ज्वरो आउने, टाउको, जिउ दुख्ने लगायतका समस्या देखिने गरेको छ । जिल्ला स्तरिय खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतको उपस्थिति थियो।

    images
    images

    प्रकाशित :फाल्गुण २१, २०७७ शुक्रवार - ०८:३२:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij