• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सेनिटाइजर सेवनबाट एकैदिन दुई जनाले गुमाए ज्यान

सेनिटाइजर सेवनबाट एकैदिन दुई जनाले गुमाए ज्यान

images

प्रभाव न्यूज

१७ फाल्गुण २०७७
  • 24.8K
    SHARES
  • images
    सेनिटाइजर सेवनबाट एकैदिन दुई जनाले गुमाए ज्यान
    images
    images
    images

    विराटनगर  - सेनिटाइजर सेवनका कारण विराटनगरमा एकैदिन दुई जनाको मृत्यु भएको छ। कोसी अस्पताल विराटनगरमा उपचारका क्रममा एक पुरुष र एक महिलाको मृत्यु भएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार श्रीमतीसँग विवाद हुँदा सेनिटाइजर सेवन गरेका मोरङको जहदा गाउँपालिका-४ का ६० वर्षीय दिनेश मण्डलको सोमबार बिहान मृत्यु भएको छ।

    यसैगरी झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीया अम्बिका गिरीको पनि मृत्यु भएको छ।

    प्रहरीका अनुसार गिरीले मदिरा भनेर सेनिटाइजर सेवन गरेकी थिइन् । मण्डलले पारिवारिक विवादपछि सेनिटाइजर सेवन गरेका थिए। मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बजेतिर बोतलमा रहेको आधा सेनिटाइजर सेवन गरेकी थिइन्।

    images

    पारिवारिक विवादपछि मण्डलले पनि शनिबार नै सेनिटाइजर सेवन गरेका थिए। मण्डलको कोसी अस्पतालको आईसीयूमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेनन्ट डा. चुमनलाल दासले जानकारी दिए।

    images

    मण्डलको स्वास्थ्य जाँच गर्दा अर्गानो फोसफरस देखिएको उनले बताए। महिलाले सेनिटाइजर सेवन गरेको भएपनि मृत्युको कारण शरीरमा भएको अन्य रोग र निसासिएका कारण मृत्यु भएको उनले बताए ।

    images
    images

    प्रकाशित :फाल्गुण १७, २०७७ सोमवार - १७:५५:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij