• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


शिक्षकको छोरीसँग प्रेम गर्दा यस्तो भयो हालत

शिक्षकको छोरीसँग प्रेम गर्दा यस्तो भयो हालत

images

प्रभाव न्यूज

२७ श्रावण २०७९
  • 18.0K
    SHARES
  • images
    शिक्षकको छोरीसँग प्रेम गर्दा यस्तो भयो हालत
    images
    images
    images

    दाङको राजपुर गाउँपालिकास्थित जनज्योति मावि मटेरियामा पढ्छन्, मान्सराम यादव।

    images

    उनीसँगै ११ कक्षामा पढ्छिन् शिक्षक पाटेश्वर यादवकी छेरी समिक्षा (नाम परिवर्तन)।

    १९ वर्षीय मान्सराम र समीक्षा प्रेममा थिए। साउन २१ मा राति ९ बजेतिर समीक्षाले फोन गरेर मान्सरामलाई बोलाइन्।

    राजपुर–३ स्थित बोलामा प्रेमिकाको घर नजिक उनी साइकल चढेर गए। मान्सरामको घरचाहिँ राजपुर गाउँपालिका–३ स्थित खरदरियामा पर्छ। प्रेमिकाले बोलाएर गएका मान्सरामलाई ३–४ जना मिलेर कुट्न थाले।

    images

    उनी एक्लै थिए, प्रतिकार गर्नै सकेनन्। पाटेश्वर यादव र उनका दाइ धीरबहादुर यादवसहितको समूहले कुटपिट गरेको अनुसन्धानबाट थाहा भएको दाङका एसपी सुरेश काफ्लेले बताए।

    images

    पाटेश्वर जनज्योति माविका शिक्षक हुन्।

    मरणासन्न हुनेगरी कुटपिट गरेपछि पाटेश्वरले ‘चोरी गर्न राति गाउँमा आएको’ कागज गराएर मान्सरामलाई फिर्ता पठाएका थिए। प्रहरीले पाटेश्वर र धीरबहादुरलाई पक्राउ गरेको छ।

    मरणासन्न हुनेगरी कुटेको हुनाले ‘ज्यान मार्ने उद्योग’ गरेको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिए। कुटपिटमा संलग्न १ जना फरार छन्।

    फरार आरोपीलाई प्रहरीले खोजिरहेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय गढवाले अनुसन्धान गरिरहेको छ।

    छोरीसँग प्रेम गरेको रिसमा पाटेश्वरले कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    images
    images

    प्रकाशित :श्रावण २७, २०७९ शुक्रवार - १२:०२:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij