• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


देउवालाई भेट गर्नेहरु बढे, भारत र चीनका राजदूतको यस्तो छ खेलोमेलो

देउवालाई भेट गर्नेहरु बढे, भारत र चीनका राजदूतको यस्तो छ खेलोमेलो

images

प्रभाव न्यूज

१४ फाल्गुण २०७७
  • 17.3K
    SHARES
  • images
    देउवालाई भेट गर्नेहरु बढे, भारत र चीनका राजदूतको यस्तो छ खेलोमेलो
    images
    images
    images

    काठमाडौं - मंगलबार प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेको छ। नेकपा प्रचण्ड–नेपाल समूहले पनि विभिन्न राजनीतिक दलहरुसँग छलफल अघि बढाएको छ।

    images

    नयाँ सरकार गठनको चर्चा चलिरहेको बेला नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेट गर्नेहरु बढ्न थालेका छन्। बुधबार प्रचण्ड नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले कांग्रेस नेता देउवालाई निवासमै पुगेर भेट गरेका थिए। भेटमा उनीहरुले सरकार बनाउन आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका थिए।

    तर बिहिबार पदाधिकारी बैठक बसेर नेकपा विवादको टुंगो नलागेसम्म तत्काल कसैसँग सहकार्य नगर्ने कांग्रेसले निष्कर्ष निकाल्यो। यसैबीच नयाँ सरकार गठनको चर्चा चलिरहेको बेला कांग्रेसका सभापति देउवालाई भारत र चीनका राजदूतले भेट गरेका छन्।

    नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले निवासमै पुगेर देउवालाई भेटेको स्रोतको भनाई छ। दुवै राजदूतसँग देउवाको नेपालको नयाँ राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण १४, २०७७ शुक्रवार - ०९:३०:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij