• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?

मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?

images

प्रभाव न्यूज

२२ श्रावण २०७९
  • 16.1K
    SHARES
  • images
    मानिस किन बरबराउँछन् निद्रामा ? के यो समस्या गम्भीर हो ?
    images
    images
    images

    काठमाडौं -  कतिपय मानिसमा निद्रामा बोल्ने बानी हुन्छ। निन्द्रामा बोलेको कुरा उनीहरूलाई थाहा हुँदैन।

    images

    यस बानीलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ। विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने बानी हुन्छ।

    यसरी बरबराउने मानिसको अवचेतन मनका कुरा थाहा पाइने हुनाले धेरैलाई बरबराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ।

    तर विशेषज्ञ भने निद्रामा बोलेको कुराको कुनै अर्थ नभएको र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार भएको तर्क गर्छन्।

    images

    निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा नभेटिने चिकित्सकको तर्क छ।

    images

    निद्रामा बरबराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको चिकित्सकहरु बताउँछन्।

    बरु यसले पर्याप्त निद्रा नपुगेको चाहिँ संकेत दिन्छ।

    धेरै मानिसलाई तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्दछ।

    त्यसैले निद्रामा बरबराउने मानिसले यसबाट छुटकारा पाउन पर्याप्त सुत्नु पर्दछ। तर निन्द्रामा बोल्ने बानी कै कारण आत्तिइरहन आवश्यक छैन।

    images
    images

    प्रकाशित :श्रावण २२, २०७९ आइतवार - २१:३१:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij