• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


भागरथीलाई बलात्कार पनि गरेको स्वीकारे दिनेशले

भागरथीलाई बलात्कार पनि गरेको स्वीकारे दिनेशले

images

प्रभाव न्यूज

६ फाल्गुण २०७७
  • 22.0K
    SHARES
  • images
    भागरथीलाई बलात्कार पनि गरेको स्वीकारे दिनेशले
    images
    images
    images

    बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या गरेको आरोप लागेका १६ वर्षिय दिनेश भट्टले आफूले बलात्कार पनि गरेको स्वीकार गरेका छन्।

    images

    भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेशलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो। दिनेशले बयानमा आफूले भागरथीनलाई पहिला सानो भिरबाट खसालेर हत्या मात्र गरेको बताएका थिए।

    दिनेशले सो कुरा बताएपछि प्रहरीले भागरथीको बलात्कारपछि हत्या कि हत्यापछि बलात्कार भएको हो भन्ने एकीन गर्न सकेको थिएन। बिहिबार सरकारी वकिलले लिएको बयानमा दिनेशले आफूले भागरथीलाई बलात्कार पनि गरेको स्वीकार गरेका हुन्।

    भागरथीको पोष्टमार्टम रिपोर्टमा बलात्कार र घाँटी थिचेर हत्या भएको उल्लेख छ। भागरथीको बलात्कार पनि भएको र घाँटी थिचेर हत्या पनि भएको स्वास्थ्य परीक्षण रिपोर्टमा देखिएको छ।

    images

    भागरथीको हत्या गरेको स्वीकार गरेका दिनेशलाई प्रहरीले फागुन ४ गते पक्राउ गरेको थियो। गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्।

    images

    प्रहरीले अभियुक्त सार्वजनिक गरेको भए पनि भागरथीका आफन्तले भने अझै पनि शव भने बुझेका छैनन्। उनको शव जिल्ला अस्पताल बैतडीमा रहेको छ। अभियुक्त भनेर प्रहरीले सार्वजनिक गरिएका किशोरले हत्या मात्रै गरेको बताएकाले बलात्कारीको खोजी गर्नुपर्ने आफन्तको माग थियो।

    तर आज अभियुक्तकै बाबुका सामुन्ने आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन्।

    images
    images

    प्रकाशित :फाल्गुण ६, २०७७ बिहिवार - २१:४०:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij