• मंगलवार, कार्तिक १८ गते २०८३

TRENDING :

Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते


नेपाल विश्वकै उत्कृष्ट शैक्षिक तथा अनुसन्धनात्मक गन्तव्य

नेपाल विश्वकै उत्कृष्ट शैक्षिक तथा अनुसन्धनात्मक गन्तव्य

images

प्रभाव न्यूज

२९ पौष २०७७
  • 14.2K
    SHARES
  • images
    नेपाल विश्वकै उत्कृष्ट शैक्षिक तथा अनुसन्धनात्मक गन्तव्य
    images
    images
    images

    वर्तमान प्रतिष्पर्धात्मक विश्व बजारमा जे जति आविष्कार, उपलब्धि, उन्नति, प्रगति र विकास भएका छन, त्यो शिक्षाकै देन हो भन्ने विषयमा दुइ मत नहोला । एक्काइसौँ शताब्दीमा शिक्षा लिने-दिने प्रक्रिया पनि अत्यन्तै आधुनिक र विश्वव्यापि भैसकेको छ । सैद्धान्तिक होस् या व्यवहारिक ज्ञान होस, शिक्षाको व्यापकताले दिनप्रति दिन उचाई बढाइरहेकोे छ । यसको विश्वव्यापि प्रभाव नेपाली शैक्षिक जगत्मा पनि स्पष्ट महसुस गर्न पाईन्छ ।

    images

    गुणस्तरीय शिक्षाको खोजीमा नेपालबाट बर्षेनी हजारौँ विद्यार्थीका साथै ठुलो धनराशि विदेशिने प्रक्रिया पारीवारिक तथा व्यक्तिगत मात्र नभएर राष्ट्रकोलागि समेत ज्वलन्त समस्या बनेको छ । उक्त समस्याको समाधानको लागि नेपालको उत्कृष्ट शिक्षा प्रणालीको विश्वव्यापि प्रचार – प्रसार गर्न पहिलो आवश्यक्ता हो भने नेपाली विद्यार्थी, अभिभावक तथा समाजमा पनि उच्च शिक्षा हसिल पश्चात नेपाली विद्यार्थीहरु विश्व बजारमा दक्ष तथा योग्य बन्न सकिन्छ भन्ने विश्वासिलोवातावरण सृजना गर्नुपर्ने चुनौती छ ।

    जसरी शैक्षिक परामर्श दिने संस्थाहरुले नेपालुका विद्यार्थीहरु विदेश पठाउन सक्षम छन् त्यसैगरी बाहिरी मुलुकबाट नेपालमा विद्यार्थीहरु भित्र्याउने अभियान चलाउन जरुरी छ । दक्ष जनशक्ति विदेश पलायन हुने समस्याको कारणले पनि देशको विकासमा समेत प्रत्यक्ष प्रभाव पार्दछ । त्यसैले शिक्षाको व्यावसायीकरण हुन नितान्त जरुरी छ । त्यसैगरी बामे सर्दै गरेको नेपालको शैक्षिक क्षेत्रका व्यवसायीहरु पलायन हुने परिस्थिति हालै नेपाल सरकारले ल्याएको शिक्षा ऐन र पछिल्लो राजनैतिक हस्तक्षेपबाट देखिएको छ। विगत लामो समयदेखि रहेको राजनैतिक अस्थिरताका विच विदेशिएका विद्यार्थीहरु विदेशमै पलायन हुनु यसको ज्वलन्त उदाहरण हो ।

    शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त राखी अन्तर्राष्ट्रिय जगतमा नेपालमा गुणस्तरीय शिक्षा लिन दिन सक्ने अवस्था छ भन्ने वातावरण सृजना गर्न सके यो राष्ट्र विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्छ । शैक्षिक पर्यटनको प्रवद्र्धन र विकास गर्न सके देशको अर्थतन्त्रमा थप टेवा मिल्न सक्छ । जसरी विभिन्न उद्देश्यका लागि नेपालमा विदेशी पर्यटकहरु भित्रिन्छन त्यसैगरी विश्वस्तरीय शिक्षा प्रदान गर्न सके पर्याप्त संख्यामा विदेशी विद्यार्थीहरु नेपाल भित्र्याउन  सकिन्छ ।

    images

    नेपालको सांस्कृतिक–भौगोलिक विविधता, अनुसन्धानका लागि यथेष्ट अध्ययन क्षेत्र, सर्वसुलभता आदि पक्षहरुले नेपाललाई शैक्षिक गन्तव्य बनाउनलाई थप मद्दत पुराउन सक्छन । यद्यपि यसकालागि नीति निर्माण तहबाट आवश्यकीय मापदण्ड मजबुत पूर्वाधार, कुटनीतिक सम्बन्ध, स्पष्ट सरकारी नीति निर्माण जस्ता कुराहरुमा बेलैमा ध्यान दिएर अघि बढनु जरुरी छ ।

    images

    मुलुकमा देखिएका ऐतिहासिक महत्वका राजनैतिक परिवर्तनसँगै नेपालको शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको यथार्थ सर्वविदितै छ । हुन त शिक्षामा नीजि क्षेत्रको शुरुवात परापूर्व कालमा रहेको गुरुकुल शिक्षा प्रणालीदेखि नै व्यक्ति, समाज र राष्ट्रको लागि दक्ष, अनुशासित जनशक्ति उत्पादन हुँदै आएको र अहिले आएर नेपाली शिक्षा प्रणाली विश्वव्यापीकरणतर्फ उन्मुख भैरहेको कुरा अनुभव गर्न सकिन्छ ।

    सरकारी निकाय र सरकारले शिक्षाको लागि छुटयाएको बजेट हेर्दा सरकारी स्तरबाट नेपाल जस्ता विकासोन्मुख देशहरुको शैक्षिक स्तर विकसित राष्ट्रहरूको तुलनामा पुग्न सक्दैन ।

    नेपाललाई विश्वकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि सरकारी स्तरबाट विभिन्न पहलकदमी शुरुवात गर्नु आवश्यक छ । शैक्षिक पर्यटन वर्ष घोषणासँगै शैक्षिक क्षेत्रको स्तरोन्नतिका लागि आवश्यक पूर्वाधार तयार गर्ने-गराउने, यथेष्ट बजेटको व्यबस्था तथा स्पष्ट नीति नियमका साथै दक्ष एवम् प्राविधिक विज्ञहरुलाई समेत खोज अनुसन्धान मार्फत अगाडि बढाउन जरुरी देखिन्छ ।

    निजी शैक्षिक उद्योगी–व्यवसायीहरुसँगको सहकार्य पद्धति अगाडि बढाउने । शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट मुक्त राख्दै सर्वपक्षिय सहमति प्रतिवद्धताको कार्यान्वयन गराउदै विश्वको शैक्षिक जगतमा समेत नेपालको शैक्षिक वातावरण उन्नयन भएको सन्देश प्रवहा गर्न सक्नु पर्दछ ।

    चलि आएका शैक्षिक पद्धतिमा सुधार गर्दै र व्यवहारिक, प्रयोगात्मक एवम् सीपमुलक शैक्षिक कार्यक्रमहरूको स्तर वृद्धि गरी नेपाली शिक्षालाई विश्वमाझ चिनाउन नेपाली विश्व विद्यालयको पनि अन्तर्राष्ट्रिय स्तरमा पहुँच पुराउन कुटनैतिक एवम् व्यावसायिक पहल गर्न सके नेपाली शैक्षिक क्षेत्रको भविष्य सुनौलो छ । शिक्षाका निम्ति नेपाल भन्ने नारा लिएर विश्वभरिबाट विद्यार्थीहरु नेपाल आउने वातवारण सृजना गर्नु पर्छ । यसमा सरकारले नीजि व्यवसायीसँगको सहकार्यमा अगाडि बढ्दा यो सम्भव छ भन्ने कुरालाइ नेपालका शैक्षिक सँस्थाहरुले विगतका दिनमा प्रमाणित पनि गरिसकेको छन ।

    विगतका शैक्षिक क्षेत्रका कमिकमजोरीहरु सच्याउँदै मुलुकलाई शैक्षिक प्रदूषण मुक्त गर्नु आजको युगकोे माग हो । जनचाहना पनि हो । यसमा सरकारको एकल प्रयास मात्र पर्याप्त छैन । मुलुकका प्राज्ञिक हस्ति-उद्योमीहरूको पनि यसमा उत्तिकै सहभागिता आवश्यक हुन्छ । विद्यार्थीहरूको सर्वाङ्गीण विकास तथा हितलाई ध्यानमा राखेर एकोहोरो भन्दा पनि चौतर्फि लाभ मिल्ने प्रयोगात्मक शैक्षिक कार्यकमहरुको डिजाइन गर्नुृ प्राज्ञिक दायीत्व पनि हो । आजको साइबर जेनेरेसनमा हुर्किरहेका विद्यार्थीहरुलाई सुहाउने प्रकृतिको शैक्षिक कार्यकम चयन गर्नु चुनौति पनि हो । यस्ता कार्यकमहरु सही ढङ्गले कार्यान्वयन गर्न सके शिक्षण सिकाई क्रियाकलाप पनि प्रभावकारी हुन्छ जसबाट व्यक्ति, समाज र राष्ट्रले दक्ष जनशक्ति प्राप्त गर्दछ । समग्र देश विकासको मेरुदण्ड नै शिक्षा भएकाले आजको परिवेश सुहाउने शिक्षा प्रणाली हुनु अपरिहार्य छ ।

    कुनै पनि देशको सम्पूर्ण पक्षको विकासको पूर्वाधार नै शिक्षा हो, भन्नेबारेमा कसैको दुईमत हुन सक्दैन । नेपाल विश्वमानचित्रमा सगरमाथाको देश, बुद्धको जन्मभूमि, विविध सांस्कृतिक, भौगोलिक विविधताका साथै विकासका लागि प्रचुर सम्भावना भएको पर्यटन, जलश्रोत जस्तै शिक्षा क्षेत्र पनि हुन सक्छ । अनुसन्धान, खोज जस्ता शैक्षिक क्रियाकलापका लागि पनि अन्य ठाउँको तुलनामा उत्कृष्ट मानिन्छ ।

    भौगोलिक, सांस्कृतिक, धार्मिक र विभिन्न जात–जातीय विविधतामा एकता भएको कारणले पनि यो सम्भव छ । राजनैतिक परिवर्तनसँगै देश प्रान्तीय पद्धतिमा प्रवेश गर्दै गर्दा शिक्षा नै विकासको मेरुदण्ड हो भन्ने कुरालाई मध्यनजर राख्दै सोही अनुरुप नीति, नियम तर्जुमा गरी समय सापेक्ष आवश्यकीय पूर्वाधार तयार गर्न÷गराउन नीजि शैक्षिक व्यवसायीलाई प्रोत्साहन गर्दै शिक्षा क्षेत्रमा व्यापक लगानी गरी स्तरीय प्राविधिक व्यावसायिक शिक्षा नेपालमा सर्वसुलभ खर्चमा उपलब्ध हुने वातावरण सृजना गर्ने हो भने विश्वबजारका लागि नेपाल शैक्षिक गन्तव्य हुने सम्भव छ

    लेखक : राज कुमार आचार्य

    शैक्षिक निर्देशक, प्रिमियर कलेज, काठमाण्डौं

    images
    images

    प्रकाशित :पौष २९, २०७७ बुधवार - १५:५०:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij