• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहँदा एक युवती बलात्कृत, वेटर पक्राउ

रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहँदा एक युवती बलात्कृत, वेटर पक्राउ

images

प्रभाव न्यूज

२४ जेठ २०७९
  • 14.5K
    SHARES
  • images
    रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहँदा एक युवती बलात्कृत, वेटर पक्राउ
    images
    images
    images

    काठमाडौं, जेठ २४ -हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

    images

    पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन्।

    पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए। उनका अनुसार घटना चार दिनअघिको हो।

    रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना प्रहरीले सोमबार राति साढे ११ बजे पाएको थियो। त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो।

    images

    ‘तत्काल पीडितलाई आवश्यक संरक्षणमा लिएर विस्तृत स्वास्थ्य परीक्षणलगायतको कार्य गरेका थियौं’ मैनाली भन्छन्, ‘अहिले पीडकविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं।’ प्रहरीका अनुसार घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको थियो।

    images

    फुयाँलले पीडितको ‘कोल्ड ड्रिङ्कस’मा मदिरा मिसाएर खुवाएर लठ्ठाएर जबरजस्ती करणी गरेको अभियोग छ। थप अनुसन्धान जारी छ।

    images
    images

    प्रकाशित :जेठ २४, २०७९ मंगलवार - १८:५४:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij