• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बर्थडेमा बोलाएर एक किशोरीमाथि फिल्मी शैलीमा सामूहिक बलात्कार

बर्थडेमा बोलाएर एक किशोरीमाथि फिल्मी शैलीमा सामूहिक बलात्कार

images

प्रभाव न्यूज

२३ जेठ २०७९
  • 17.3K
    SHARES
  • images
    बर्थडेमा बोलाएर एक किशोरीमाथि फिल्मी शैलीमा सामूहिक बलात्कार
    images
    images
    images

    नेपालगञ्ज - बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर मदिरा सेवन गराई सामूहिक बलात्कार गर्ने पाँच जना र मोटरसाइकलमा राखेर घर र्पुयाउन मद्दत गर्ने दुई जना मतियार गरी सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए।

    प्रहरीका अनुसार बाँके बैजनाथका १७ वर्षिय हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै २१ जेठ अपराह्न ४ बजे भेट्न बोलाएपछि गएकी १६ वर्षीया किशोरीलाई हेमराज लगायत पाँच जनाले सामूहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ। आइतबार बिहान करिब ४ बजे किशोरीलाई मोटरसाइकलको बीचमा राखेर घर र्पुयाउन लैजाँदै गर्दा प्रहरीले मोटरसाइकल रोकेपछि घटना बाहिरएको हो।

    इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइनिज इँट्टाभट्टा नजिक शंकास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो।

    images

    प्रहरीले मोटरसाइकल रोक्दा किशोरी लठ्ठिएको अवस्थामा भेटेको र केरकार गर्दा घटना बाहिरएको थियो। प्रहरीले मोटरसाइकल चालक बाँके बैजनाथ ८ झिगौराका २० वर्षीय विश्वनाथ थारुले चलाएको मोटरसाइकलको बीचमा किशोरी राखेको र पछाडि १७ वर्षको किशोर बसेर जाँदै गर्दा नियन्त्रणमा लिएको हो।

    images

    प्रहरीका अनुसार मोटरसाइकलमा लिएर जाने दुवै घटनाका मतियार हुन्। हेमराजले बोलाएर किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमानाको मानखोलाको जंगल लगेर घरेलु मदिरा सवन गराई ४-५ जनाले सामूहिक बलात्कार गरेपछि अन्दाजी साँझ ६ बजेदेखि १२ बजेरातिसम्म बेहोस भएको र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर २४ वर्षीय बिक्रान्त थारु लगायत दुई जनाले बलात्कार गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जनाएको छ।

    प्रहरीले घटनामा संलग्न पीडक तथा पीडितको आवश्यक मेडिकल गराई अनुसन्धान सुरु गरेको जनाएको छ। बाँके प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा २५ वर्षका निराजन थारु, २४ वर्षका विक्रान्त थारु, २३ वर्षका राजकुमार थारु, २० वर्षका विश्वनाथ थारू, १७ वर्षको हेमराज थारु, १६ वर्षिय प्रवीण थारू र १७ वर्षको निर्देश थारु लाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ।

    images
    images

    प्रकाशित :जेठ २३, २०७९ सोमवार - २२:३३:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij