• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दिक्तेल नगरको पहिलो कार्यपालिका बैठक, अनियमितता छानविन गर्न उच्चस्तरीय समिति गठन, यस्ता छन् अन्य निर्णय

दिक्तेल नगरको पहिलो कार्यपालिका बैठक, अनियमितता छानविन गर्न उच्चस्तरीय समिति गठन, यस्ता छन् अन्य निर्णय

images

प्रभाव न्यूज

२३ जेठ २०७९
  • 14.4K
    SHARES
  • images
    दिक्तेल नगरको पहिलो कार्यपालिका बैठक, अनियमितता छानविन गर्न उच्चस्तरीय समिति गठन, यस्ता छन् अन्य निर्णय
    images
    images
    images

    खोटाङ, जेठ २३ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट यस अघि संचालन भएका योजना तथा कार्यक्रममा वेथिति र भ्रष्ट्रचार भएको जनगुनासोको आधारमा छानविन गर्न समिति गठन भएको छ।

    images

    २०७४ सालको स्थानीय निर्वाचनपछि आएको सरकारले संचालन गरेका योजना, कार्यक्रमका विषयमा जनगुनासो तथा उजुरीहरु परेको र सत्यतथ्य छानविन गरि यथार्थता सार्वजनिक गर्ने प्रयोजनका लागि समिति गठन भएको हो।

    छानविन समितिको संयोजकमा नगरपालिकाका उपप्रमुख विसन राईले जिम्मा पाएका छन्।

    सदस्यमा राम कट्वाल, महेन्द्र राई, मणि राई, यादवसेन राई, सरोज राई (ईन्जिनियर), युवराज श्रेष्ठ (चार्टर्ड एकाउन्टेन्ट), कृष्ण बुढाथोकी र सदस्य सचिव तीर्थ बहादुर विकले जिम्मेवारी पाएका हुन्।

    images

    सोमबार बसेको नगरपालिकाको पहिलो कार्यपालिका बैठकले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६५ बमोजिम नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा गठन हुने स्थानीय राजश्व परामर्श समिति, दफा ६६ बमोजिमको नगर प्रमुखको संयोजकत्वमा गठन हुने स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति तथा दफा ६७ बमोजिम नगर उपप्रमुखको संयोजकत्वमा गठन हुने बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्यहरु तोक्ने अधिकार नगर प्रमुख र उपप्रमुखलाई प्रत्यायोजन गर्ने निर्णय भएको छ।

    images

    यस्तै, बैठकले नौ वटा विषयगत समितिहरुको संयोजक तोकेको छ।

    शहरी पूर्वाधार विकास समितिको संयोजकमा दिनेश कुमार घिमिरेलाई जिम्मेवारी दिएको छ। आर्थिक विकास समितिको संयोजकमा दिनेशकुमार राई, सामाजिक विकास समितिको संयोजकमा दान वहादुर राई, वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन समितिको संयोजकमा मुगाधन राई, भुमि व्यवस्थापन तथा भवन नियमन समितिको संयोजकमा रामकुमार हिङमाङ, योजना अनुगमन तथा तथ्याङक समितिको संयोजकमा नवराज राई, राजश्व तथा आर्थिक प्रशासन समितिको संयोजकमा खगेन्द्र राई, न्याय कानुन तथा मानव अधिकार प्रवद्र्धन समितिको संयोजकमा हरि चौलागाँई, सामान्य प्रशासन समितिको संयोजकमा झुलेन्द्र विकलाई जिम्मेवारी तोकिएको छ।

    यस्तै, नगर कार्यपालिकाको प्रवक्तामा दिनेश कुमार घिमिरेलाई तोकिएको छ।

    नगरपालिकाको शिक्षा क्षेत्रमा व्यापक सुधारको खाँचो रहेको र सम्वन्धित क्षेत्रका विषय विज्ञहरु सहितको एक शिक्षा समिति गठन गर्ने, यस अगाडिको नगर सभाबाट स्वीकृत योजना तथा कार्यक्रमहरु कोरोना महामारी तथा स्थानीय तहको निर्वाचन लगायतबाट केही प्रभावित हुन गएको र म्याद सकिएका योजना तथा कार्यक्रम आवश्यकताको आधारमा जेठ मसान्तसम्म सम्पन्न गर्ने गरि म्याद थप्ने निर्णय भएको नगरपालिकाका भर्खरै जिम्मेवारी पाएका प्रवक्ता दिनेश कुमार घिमिरेले जानकारी दिए।

    नगरपालिकाको योजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरीवेक्षण गर्न नगर उपप्रमुखको संयोजकत्वमा अञ्जना केसी र गंगा विक सदस्य रहने गरि एक नगरस्तरीय समिति गठन गर्ने, यस अगाडि स्वीकृत वडास्तरी तथा नगरस्तरीय योजनामध्ये केही योजनाहरु संसोधन तथा रकमान्तर गर्नुपर्ने भएकाले त्यस्ता योजनाहरु संसोधन गर्दै रकम रकमान्तर गर्ने, समाजिक सुरक्षा भत्ताका विषयमा भर्खरै सर्वपक्षीय बैठकबाट भएको निर्णयलाई अनुमोदन तथा कार्यान्वयन गर्ने, (यस अघि वडा वडामा लगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय भएको थियो) आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृतिका चरणहरुको कार्यतालिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता घिमिरेले जानकारी दिए।

    कार्यपालिकाको बैठकले प्रत्येक महिनाको अन्तिम शनिबार नगरपालिका सरसफाई अभियान संचालन गर्ने पनि निर्णय भएको छ।

    भ्रष्ट्रचारमुक्त सुशासन-युक्त समृद्ध नगर बनाउन जननिर्वाचित प्रतिनिधि, कर्मचारी, संघसंस्था, तथा सबै सरोकारवालाहरुले आ आफ्नो स्थानबाट संकल्प गर्ने, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई मत दिई निर्वाचित गराउनु भएका मतदातालाई धन्यवाद र पहिलो चरणको निर्वाचनबाट निर्वाचित भइ आफ्नो कार्यकाल सम्पन्न गरेका जनप्रतिनिधिलाई कदर गर्ने निर्णय भएको बताइएको छ।

    images
    images

    प्रकाशित :जेठ २३, २०७९ सोमवार - २१:३०:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij