• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


साकेला गाउँपालिकामा शैक्षिक क्षेत्रको सुधार गर्न बृहत छलफल

साकेला गाउँपालिकामा शैक्षिक क्षेत्रको सुधार गर्न बृहत छलफल

images

प्रभाव न्यूज

२३ जेठ २०७९
  • 8.9K
    SHARES
  • images
    साकेला गाउँपालिकामा शैक्षिक क्षेत्रको सुधार गर्न बृहत छलफल
    images
    images
    images

    खोटाङ, जेठ २३- साकेला गाउँपालिकाले शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि छलफल गरेको छ।

    images

    पालिकाभित्रका सबै विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि छलफल गरेको हो।

    विद्यार्थीलाई उचित शिक्षा प्रदान गर्ने उद्धेश्यले विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीबिच छलफल गरिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले जानकारी दिए। उनले भने, ‘पाठ्यक्रम, शिक्षण सिकाई क्रियाकलाप, परीक्षा र मूल्याङकनका कमी कमजोरीहरुलाई एकसाथ उजागर गर्नका लागि छलफलको आयोजना गरिएको हो।’

    व्यावसायिक, सीपमूलक, रोजगारमूलक जीवनोपयोगी एवम् गुणस्तरीय शिक्षामा सवैको सहज, सरल, सुलभ र समान पहुँच सुनिश्चित गर्ने उद्धेश्य राखेर बृहत छलफलको आयोजना गरिएको शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिए।

    images

    images
    images

    प्रकाशित :जेठ २३, २०७९ सोमवार - ०९:५५:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij