• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


तुवाचुङ जायजुममा तीन चुला पुजा

तुवाचुङ जायजुममा तीन चुला पुजा

images

प्रभाव न्यूज

२२ जेठ २०७९
  • 16.1K
    SHARES
  • images
    तुवाचुङ जायजुममा तीन चुला पुजा
    images
    images
    images

    खोटाङ - किरात समुदायको उदगमथलो मानिने खोटाङको तुवाचुङ जायजुममा सुप्तुलुङ (चुला) पुजा तथा साकेला सिली प्रदर्शन गरिएको छ।

    images

    हलेसी तुवाचुङ नगरपालिकामा पर्ने तुवाचुङ जायजुम डाँडामा उभौली चाडको अवसरमा शनिबार किरात राई समुदायले तीन चुला पुजा गर्दै साकेला सिली प्रदर्शन गरेका हुन्।

    खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर लगायतका राई समुदाय तुवाचुङ जायजुममा भेला भएर सामुहिक रुपमा चुला पुजा गर्दै साकेला नाचेका छन्।

    ऐतिहासिक एवम् पर्यटकीय स्थल तुवाचुङ जायजुममा पितृको सम्झना एवम् संस्कार संस्कृतिको संरक्षणको सन्देश दिनका लागि तुवाचुङ जायजुम संरक्षण समितिले हरेक वर्ष (चुला) पुजा तथा साकेला सिली प्रदर्शन गर्दैआएको छ।

    images

    नछुङ चारुमान राईले चिनचुलाको पुजा गरेपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले प्रमुख अतिथिका रुपमा रिबन काटेर साकेला सिली उद्घाटन गरेकी थिईन्।

    images

    कोभिड–१९ को महामारीका कारण रोकिएको तीन वर्षपछि मात्र तुवाचुङ जायजुममा चुला पुजा गर्दै साकेला नाचिएको हो। ढोल, झ्याम्टा र साकेला गीतले तुवाचुङ जायजुमडाँडा दिनभर गुञ्जायमान भएको थियो।

    परम्परागत भेषभुषामा सजिएर अलग अलग समुहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै तुवाचुङ जायजुम आएको र फर्किएको मनमोहक दृश्या देखिएको थियो। साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानमा १५ समुहले साकेला नाच प्रस्तुत गरेका तुवाचुङ जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राईले बताए।

    किरात राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंवदन्ती बोकेको स्थलमा हरेक बैशाख पूर्णीमा र मंसिर पूर्णीमाको अवशरमा एकरएक पटक चुला पुजा गर्नेगरिएको संरक्षण समितिका महासचिव दिनेश राईले बताए। मध्यपहाडी लोकमार्गले छोएको तुवाचुङ जायजुममा किरात राईको पुर्खा रैछाकुले, तायामा र खियमाको ढलौटको मुर्ती राखिएको छ।

    यस्तै, प्राकृतिकरुपमा रहेका रैछाकुले र तान बुन्ने ढुंगालाई पर्खालको घेराबारा हालिएको छ।

    सो स्थानमा विभिन्न चाडको अवशरमा पनि स्थानीयको भीड लाग्ने गरेको छ। तुवाचुङ जायजुमको नाममा १५१ रोपनी जग्गा रहेको संरक्षण समितिले जनाएको छ।

    images
    images

    प्रकाशित :जेठ २२, २०७९ आइतवार - ११:१७:१८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij